सांसद रजनी श्रेष्ठले अन्नपूर्ण बेसक्याम्प र एभरेस्ट बेसक्याम्पमा भारी बोक्ने भरियाको पारिश्रमिक दयनीय भएको भन्दै सरकारको ध्यानाकर्षण गराएकी छिन् ।
बुधबार प्रतिनिधिसभा बैठकको शून्य समयमा बोल्दै सांसद श्रेष्ठले जोखिमपूर्ण यात्रामा रहेका भरियाहरूको दिनको पारिश्रमिक एक हजार आठ सय भएको र अन्नपूर्ण बेसक्याम्प र एभरेस्ट बेसक्याम्प क्षेत्रमा एक छाकको खानाके ११ सयदेखि १३ सयसम्म हुने भएकाले उनीहरूको पारिश्रमिकले दुई छाक खानसमेत नपुग्ने उल्लेख गरिन् ।
टिप्सको भरमा परिवार पाल्नुपर्ने हिमाली क्षेत्रका भरियाहरूको पारिश्रमिकबारे नेपाल पर्यटन बोर्डसँग जवाफ माग्न उनले सरकारसँग आग्रह गरिन् ।