आधा किलो सुन र विदेशी मुद्रासहित भारतीय नागरिक पक्राउ

सोमबार, ४ जेठ, २०८३
डिजिटल संस्करण

झापा जिल्लाको मेचीनगर नगरपालिका–६, काँकडभिट्टास्थित सीमा इलाकाबाट जेठ ४ गते सशस्त्र प्रहरी र भन्सार कार्यालयको संयुक्त टोलीले ५ सय ७० ग्राम सुन तथा विदेशी मुद्रासहित एक भारतीय नागरिकलाई नियन्त्रणमा लिएको छ।

भारतबाट सिटिसफारीमा नेपालतर्फ आउँदै गरेका भारत घर बताउने अन्दाजी ३९ वर्षीय परम पाठक पक्राउ परेका हुन्। विशेष सूचनाको आधारमा खटिएको सशस्त्र प्रहरी बल नेपाल सीमा सुरक्षा गुल्म काँकडभिट्टा र मेची भन्सार कार्यालयको संयुक्त टोलीले जाँच गर्दा उनको साथबाट उक्त सुन, अमेरिकी डलर २० हजार, भारतीय ८५ हजार ४ सय १० रुपैयाँ तथा भारतीय आधार कार्ड १ थान, विभिन्न ब्रान्डको मोबाइल सेट २ थान, हार्ड डिस्क १ थान, बैंक चेक एक थान र सिमकार्ड ७ वटासमेत बरामद भएकोे छ। 

 नियन्त्रणमा लिइएका उनलाई बरामद सुन तथा अन्य सामानसहित आवश्यक कारबाहीको लागि मेची भन्सार कार्यालय काँकडभिट्टा झापामा सशस्त्र प्रहरीका डिआइजी विष्णुप्रसाद भट्टले बताए।
 

सुझावित समाचार