नेपाल मेडिकल काउन्सिलले ३६ जना चिकित्सकमाथिको कारबाही फिर्ता लिएको छ। दुई चरणमा गरी काउन्सिलले ३६ गैरआवासीय चिकित्सकको लाइसेन्स खारेज गरेको थियो। विरोधपछि काउन्सिल उक्त निर्णयबाट पछि हटेको हो।
काउन्सिलले ११ र १९ वैशाखमा ३६ जना चिकित्सकको चिकित्सकीय दर्ता प्रमाणपत्र खारेज गर्ने निर्णय गरेको थियो। तर, चिकित्सकको दर्ता खारेज गर्दा उनीहरू हाल रहेको देश र कार्यरत अस्पतालमा समेत असहज हुने र पेसामा असर पर्ने भएपछि काउन्सिलले उक्त निर्णय फिर्ता लिएको हो।
काउन्सिलका निमित्त रजिस्ट्रार डा. दीपेन्द्र पाण्डेले डाक्टरकै लाइसेन्स खारेज गरिने निर्णय कडा र अव्यावहारिक देखिएकाले स्थगित गरिएको बताए। ‘हामीले ३६ जना चिकित्सकको लाइसेन्स खारेज गर्ने निर्णय गरी सोहीअनुसार सूचनासमेत प्रकाशन गर्यौँ, तर त्यो हतारमा भएको निर्णय थियो। सो बैठकमा पूर्ण सहभागिता पनि थिएन,’ उनले भने, ‘त्यसैले उल्ट्यायौँ।’