नेपाल सुपर लिग (एनएसएल)को चौथो संस्करणको मिति घोषणा भएको छ।
आयोजक नेपाल स्पोर्टस् एन्ड इभेन्ट म्यानेजमेन्टका अध्यक्ष स्रेयान्स कार्कीले प्रतियोगिता भदौ २० बाट सुरु हुने बताए। यस्तै प्रतियोगिता चार महिना आयोजना गरिने पनि कार्कीले बताए।
चौथो संस्करणको एनएसएल होम एन्ड अवे प्रणालीमा खेलाइनेछ। यसअघि प्रतियोगिता राजधानी काठमाडौंमा मात्र हुँदै आएको थियो। नयाँ ढाँचासँगै सहभागी टोली संख्या १२ पुर्याइने भएको छ।
गत संस्करणको फाइनलमा ललितपुर सिटी एफसीले पोखरा थन्डर्सलाई हराउँदै उपाधि जितेको थियो।