सार्वजनिक पदाधिकारीले देश-विदेशमा लुकाएको गैरकानुनी सम्पत्तिको सूचना दिन आयोगको आह्वान

बिहिबार, ३१ बैशाख, २०८३
डिजिटल संस्करण

सम्पत्ति छानबिन आयोगले सार्वजनिक पदमा बसेर गैरकानुनी सम्पत्ति आर्जन गर्नेहरूको सम्पत्तिबारे सूचना दिन आह्वान गरेको छ। आयोगले बिहीबार सार्वजनिक सुचना प्रकाशन गरी देश विदेशमा लुकाएको सम्पत्तिबारे जानकारी दिन भनेको हो। 

आयोगले ०६२/६३ सालयता सार्वजनिक बसेका उच्चपदस्थलाई छानबिन गर्न लागेको हो। आयोगले बिहीबार नै अर्काे सूचना प्रकाशन गरी एक महिनाभित्र सम्पत्ति विवरण भर्न भनेको छ। 

सम्पत्ति छानबिनका लागि सरकारले एक महिनाअघि पूर्वन्यायाधीश राजेन्द्र भण्डारीको अध्यक्षतामा आयोग गठन गरेको हो। सम्पत्ति विवरण प्राप्त भएलगत्तै छानबिन अघि बढाइने आयोगले जनाएको छ। 

सुझावित समाचार