नेकपाले गठन गर्‍यो संविधान संशोधन सुझाव कार्यदल

शनिबार, १९ बैशाख, २०८३
डिजिटल संस्करण

नेपाली कम्युनिस्ट पार्टी (नेकपा)ले संविधान संशोधन सुझाव कार्यदल गठन गरेको छ। नेकपाको केन्द्रीय कार्यसंयोजन समितिको पहिलो बैठकले कार्यदल गठन गरेको हो।

कार्यदलमा देव गुरुङ, प्रकाश ज्वाला, प्रेमबहादुर सिंह, रनध्वज लिम्बू, रेखा शर्मा, गणेश विश्वकर्मा, वरिष्ठ अधिवक्ता डा. मुक्तिनारायण प्रधान, वरिष्ठ अधिवक्ता डा. खिमलाल देवकोटा, डम्बरविक्रम कार्की, अधिवक्ता जगदेव चौधरी र डा. रामबहादुर चौधरी रहेका छन्।

नेपाल सरकारले गठन गरेको संविधान संशोधन बहसपत्र तयार कार्यदललाई पार्टीको तर्फबाट सुझाव दिन नेकपाले कार्यदल बनाएकाे हो।

सुझावित समाचार