१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
माइकल स्पेन्स
२०७५ पौष १८ बुधबार १०:२९:००
Read Time : > 2 मिनेट
दृष्टिकोण

असमानताले आर्थिक गतिविधिलाई कसरी कमजोर बनाउँछ ?

Read Time : > 2 मिनेट
माइकल स्पेन्स
२०७५ पौष १८ बुधबार १०:२९:००

एक दशकअघि वृद्घि र विकासको आयोग (मैले अध्यक्षता गरेको)ले सार्वजनिक गरेको एक प्रतिवेदनले २० वर्षको अनुभव र अनुसन्धानलाई व्यापक रूपमा विकासशील राष्ट्रमा फैलाउने प्रयास ग-यो । यसले सिकाएको सबैभन्दा महत्वपूर्ण शिक्षाचाहिँ समावेशीकरणको अभाव रहेको र असमानतालाई बढाउने किसिमको आर्थिक वृद्घि प्रायजसो असफल हुन्छ भन्ने हो ।  यो असफलताको कारण आर्थिक नै हो भन्ने छैन । विकासको माध्यमबाट नराम्ररी प्रभावित भएका र लाभ उठाउने पर्याप्त अवसर नपाएकाहरू बढी निराश हुन्छन् । यसबाट सामाजिक विभाजन बढ्छ जसले राजनीतिक अस्थिरता, ट्राफिक जाम र अल्पकालीन निर्णय निर्माणको अवस्था आउँछ । परिणामस्वरूप, दीर्घकालीन आर्थिक गतिविधिमा गम्भीर समस्या निम्तिन्छ ।  

केही विशेष किसिमका गतिशीलता केही तत्वमा निर्भर रहने भए पनि समावेशीकरणले विकसित राष्ट्रको मात्रै दिगो वृद्घि प्रवृत्तिलाई प्रभावित गर्छ भन्ने कुरामा विश्वास गर्नुपर्ने कुनै कारण देखिँदैन । उदाहरणका लागि बढ्दो असमानता बढी विकसित वातावरणमा राजनीतिक र सामाजिक रूपमा विघटित हुने सम्भावना कम हुन्छ भने थोरै आम्दानी र अवसरहरू घट्दै गएका वृद्घि वा कुनै पनि वृद्घि नभएको वातावरणमा यो बढी हुन्छ ।

अमेरिकाको स्थिति पनि त्यति राम्रो छैन । युरोपमा जस्तै यहाँ पनि आम्दानी र सम्पत्ति वितरणको सबैभन्दा माथि रहेका र मध्यमतिर रहेकाबीच र प्रमुख सहर तथा बाँकी अन्य सहरबीचको अन्तर तीव्र रूपले बढिरहेको छ । यसले सन् २०१६ को चुनावमा पनि असर पारेको थियो । सन् २०१६ यता राष्ट्रपतिको कार्यकाल सम्हाल्दै आएका डोनाल्ड ट्रम्पले त्यसयता मतदानप्रतिको असन्तुष्टि पोख्न त्यस्ता किसिमका नीतिहरू कार्यान्वयनमा ल्याएका छन्, जसले असमानतालाई बढाउने काम मात्रै गरेको छ । दीर्घकालीन अवधिका लागि गैरसमावेशी वृद्घिको ढाँचाको निरन्तरताले नीतिगत पक्षघातको उत्पादन गर्न सक्छ वा तुलनामक चरम नीति एजेन्डाबाट अर्कोतर्फ जान पनि सक्छ ।

उदाहरणका लागि ल्याटिन अमेरिकासँग लगातार सञ्चालन भइरहने एजेन्डालाई अगाडि बढाउने र वृद्घि विकाससम्बन्धी लगानीको वितरणको घटकहरूको पक्षमा रहेको लोकप्रियतावाद सरकारसँगको अनुभव रहेको छ । ऊसँग सुदृढ वृद्घि कायम राख्न सरकार र निजी क्षेत्रले निर्वाह गर्नैपर्ने सहायक भूमिकाको बेवास्ता गर्ने चरम बजारउन्मुख मोडलका बारेमा पनि अनुभव रहेको छ । 

बढ्दो राजनीतिक ध्रुवीकरणले अन्तर्राष्ट्रिय सम्बन्धमा पनि विरोधाभास ल्याएको छ । यसले व्यापार, लगानी, व्यक्ति र सूचनाको गतिलाई चलाउने नियमलाई सुधार्ने विश्वको क्षमतामा कमी ल्याएर विश्व आर्थिक वृद्धिलाई नै कमजोर पारिदिन्छ । यसले जलवायु परिवर्तन र श्रम बजारको सुधारलगायत दीर्घकालीन चुनौतीको सामना गर्ने विश्वको क्षमतामा पनि कमी ल्याइदिन्छ ।

बढ्दो राजनीतिक ध्रुवीकरणले अन्तर्राष्ट्रिय सम्बन्धमा पनि विरोधाभास ल्याएको छ । यसले व्यापार, लगानी, व्यक्ति र सूचनाको गतिलाई चलाउने नियमलाई सुधार्ने विश्वको क्षमतामा कमी ल्याएर विश्व आर्थिक वृद्घिलाई नै कमजोर पारिदिन्छ । यसले जलवायु परिवर्तन र श्रम बजारको सुधारलगायत दीर्घकालीन चुनौतीको सामना गर्ने विश्वको क्षमतामा पनि कमी ल्याइदिन्छ । तर, सुरुवाती अवस्थातिर फर्किएर हेर्ने हो भने विकासशील र अहिले विकसित अर्थतन्त्रमा गरिएका अनुभवबाट सिकेको प्रमुख शिक्षा भनेको व्यापक अर्थमा दिगो वृद्घि र समावेशीकरणबीच अटुट सम्बन्ध हुन्छ भन्ने हो । यसै क्रममा ठूला स्तरका समावेशी असफलताले सुधार र दीर्घकालीन वृद्घि कायम राख्ने लगानीमा बाधा ल्याउँछ । 

प्रभावकारी ढंगले आर्थिक तथा सामाजिक प्रगतिको लक्ष्य लिनुपर्छ । यसो गर्दा साधारण नीति र सुधारका सूची नभई वितरण परिणामभन्दा बढी सुधारको सावधानीपूर्वक व्यवस्थामा समर्पित रणनीति र एजेन्डाको आवश्यकता पर्छ । समावेशी वृद्घि रणनीतिको निर्माण गर्दा आइपर्ने सबैभन्दा कठिन कुरा भनेको यसलाई कहाँ लगेर अन्त्य गर्ने र त्यहाँ कसरी पुग्ने भन्नेबारे अनभिज्ञ हुनु हो । र, यो कठिन भएकै कारण नेतृत्वदायी र नीति निर्माणले अझै पनि महत्वपूर्ण भूमिका निर्वाह गर्छ ।

माइकल स्पेन्स न्युयोर्क युनिभर्सिटीको इस्टर्न स्कुल अफ बिजनेसमा अर्थशास्त्रका प्राध्यापक र हुभर इन्स्टिच्युसनका सिनियर फेलो हुन् ।
कपिराइट : प्रोजेक्ट सिन्डिकेट, २०१८
(नयाँ पत्रिका र प्रोजेक्ट सिन्डिकेटको सहकार्यमा)
www.project-syndicate.org