संसद् अधिवेशन सुरु भएको नौ दिनमै प्रतिनिधिसभाका विषयगत समितिहरू गठन गरिएको छ। अघिल्ला संसद्हरूमा पहिलो अधिवेशन सुरु भएको झन्डै एक वर्षसम्म पनि समितिहरूले पूर्णता नपाउने अभ्यासलाई यसपटक तोडिएको छ।
प्रतिनिधिसभामा कुल १० वटा विषयगत समिति रहने व्यवस्था छ भने दुईवटा संयुक्त समिति पनि गठन गरिने प्रावधान छ। शुक्रबार बसेको संसद् बैठकले राजनीतिक दलहरूको सिफारिसका आधारमा दुवै प्रकारका समितिका सदस्यहरूको नाम अनुमोदन गरेको हो।
यस्तो छ सदस्यहरूको सूची