बर्दिया राष्ट्रिय निकुञ्ज घुम्न आएकी जर्मनी पर्यटकले अभिभावकविहीन बालबालिकालाई खाद्यान्न सहयोग गरेकी छिन्। निकुञ्ज घुम्न आएकी जर्मनकी एन्ड्रिया बर्नर ( andrea berner) ले बर्दियाको मधुवन नगरपालिका –१, पत्थरबोझी रहेको सरस्वती आधारभूत विद्यालयमा बस्दै अभिभावकविहीन बालबालिकालाई खाद्यान्न सहयोग गरेकी हुन्।
विद्यालयमा बस्ने अभिभावकविहीन बालबालिकालाई नेपाली सेना, पालिका, विभिन्न व्यक्ति र प्रकृति पद प्रदर्शकहरूलगायत व्यक्तिहरूले सहयोग गर्दै आएका छन्।
निकुञ्ज घुम्न आएकी जर्मनी पर्यटक एन्ड्रिया बर्नर अभिभावकविहीन बालबालिकाको बारेमा सुनेपछि बालबालिकालाई खाद्यान्न सहयोग गरेकी प्रकृति पद प्रदर्शकले रामराज (नाना) ढकालले बताए। उनले भने, 'अभिभावकविहीन बालबालिकालाई एन्ड्रिया बर्नर ( andrea berner) ले करिब ३० हजारबराबरको चामल, नुन, तेल दाँत माझ्ने मञ्जन स्याम्फूलगायत सामग्री सहयोग गर्नुभएको छ। विद्यालयमा खाद्यान्न लैजान स्थानीय नारायण चौधरी, हेमराज नेपालले पनि सहयोग गरेका छन्।'