नेप्से ३२ अंकले घट्यो, कारोबार रकम २१ अर्बमाथि

मंगलबार, २६ फागुन, २०८२
डिजिटल संस्करण

लगातार सात दिनसम्म उकालो लागेको सेयर बजारमा मंगलबार करेक्सन आएको छ। नेप्से ३२.०८ अंकले घटेर दुई हजार ८४३.३५ विन्दुमा कायम भएको हो। नेप्से मंगलबार १.११ प्रतिशतले घटेको हो। चुनावपछिको पहिलो कारोबार दिनमा सोमबार नेप्से १६२ अंकले बढेको थियो।

आज ३२९ कम्पनीको पाँच करोड २७ लाख ११ हजार कित्ता सेयर खरिद–बिक्री हुँदा २१ अर्ब ५० करोड २० लाख ३१ हजार रुपैयाँबराबरको कारोबार भएको छ। सोमबार पाँच अर्बको सेयर कारोबार भएको थियो।

नेप्सेका १३ समूहमध्ये तीन समूहको मात्रै सूचक बढेको छ। म्युचल फन्ड सर्वाधिक १.३४ प्रतिशतले वृद्धि हुँदा जीवन बिमा र निर्जीवन बिमा एक प्रतिशतभन्दा कमले बढेका छन्।

वित्त र व्यापार समूह दुई प्रतिशतभन्दा धेरैले ओरालो लागेका छन्। बैंक, विकास बैंक, होटेल तथा पर्यटन, जलविद्युत्, लगानी र अन्य समूहमा एक प्रतिशतभन्दा धेरैको गिरावट देखिएको छ।

आज रिलायन्स स्पिनिङ मिल्सको सेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ। सालपा विकास बैंक र थ्री स्टार हाइड्रो नौ तथा कालिका पावर कम्पनी आठ प्रतिशतभन्दा धेरैले वृद्धि भएका छन्।

हिमस्टार  ऊर्जा सबैभन्दा धेरै ६ प्रतिशतभन्दा बढीले घटेको छ। मितेरी विकास बैंक, मैलुङ खोला, मञ्जुश्री फाइनान्सलगायतका कम्पनीको सेयर मूल्य पाँच प्रतिशतभन्दा धेरैले घटेको छ।

सुझावित समाचार