बर्दियामा वद्यालयको बसले किचेर साेही विद्यालयमा अध्ययनरत एक बालिकाको मृत्यु भएको छ। बढैयाताल गाउँपालिका– २ मा रहेको जेनिथ एकेडेमी एजुकेसनल स्कुलको बसले किच्दा सोही विद्यालयको नर्सरीमा पढ्ने चार वर्षीया मेबिना बोहोराको मृत्यु भएको हो।
पैदल यात्रा गरिरहेकी बालिकालाई भे १ क ११५२ नम्बरको बसले ठक्कर दिँदा टाउको र शरीरमा चोट लागेको थियो। बसको ठक्करबाट घाइते भएकी बालिकालाई उपचारको लागि बर्दिया अस्पताल लगिएकोमा अस्पतालमा मृत्यु भएको जिल्ला ट्राफिक प्रहरी कार्यालय बर्दियाका प्रमुख सन्दीप बेल्बासेले जानकारी दिए।
विद्यालयका सञ्चालक गंगा बोहराले विद्यालयको नर्सरी कक्षामा पढ्ने बालिकाको दुर्घटनामा परेर मृत्यु भएको बताए। विद्यालयको गाडी र गाडीको चालक प्रेमबहादुर सिंहलाई प्रहरीले नियन्त्रणमा लिएको छ।