संविधानसभा सदस्य पहाडी एमाले प्रवेश

शनिबार, १६ फागुन, २०८२
डिजिटल संस्करण

 संविधानसभा सदस्य विनोद पहाडी नेकपा एमालेमा प्रवेश गरेका छन्। उनलाई एमाले उपाध्यक्ष विष्णु पौडेल, सचिव छविलाल विश्वकर्मा, नेता लीला गिरीले पार्टीमा स्वागत गरेका छन्। उनी राष्ट्रिय दलित पत्रकार महासंघका अध्यक्ष हुन्।

एमाले प्रवेश गर्दै पहाडीले कुनै लोभमा नभएर विचारका आधारमा एमाले रोजेको जनाए। उनीसँगै नेकपा रूपन्देही सदस्य सरोज गौतम, नगर सदस्य जनक गौतम एमाले प्रवेश गरेको सो पार्टीले जनाएको छ।

सुझावित समाचार