रंगेलीमा घरभित्रै श्रीमतीको शव फेला, श्रीमान् पक्राउ

आइतबार, २५ माघ, २०८२
डिजिटल संस्करण

मोरङको रंगेलीमा आइतबार घरभित्र श्रीमती मृत फेला परेपछि श्रीमान् पक्राउ परेका छन्।

रंगेली नगरपालिका– २, जलियाकी ३५ वर्षीया मोरमई मुर्मू आइतबार दिउँसो साढे १२ बजे आफ्नो घरभित्रको कोठामा मृत फेला परेपछि श्रीमान्  साइना मुर्मू अनुसन्धानका लागि पक्राउ परेका हुन्।

मोरङ प्रहरी प्रवक्ता डिएसपी हरिनन्दन चौधरीका अनुसार आफ्नै घरभित्र श्रीमती मृत फेला परेको र स्थानीयले श्रीमानमाथि शंका गरेपछि अनुसन्धानका लागि नियन्त्रणमा लिइएको हो। मृतकको नाडीमा सामान्य चोटजस्तो मात्र देखिएकाले शव परीक्षण प्रतिवेदनपछि आत्महत्या वा हत्या भन्ने यकिन हुने प्रहरीको भनाइ छ।
 

सुझावित समाचार