नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले पैसा नभएकै कारण कुनै नेपाली उपचारबाट वञ्चित नहुने दाबी गरेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत आफ्ना कुरा राख्दै सभापति थापाले स्वास्थ्य बिमामा आवश्यक सुधार गरेर हरेक नागरिकलाई समेट्ने नेपाली कांग्रेसको संकल्प रहेको उल्लेख गरे ।
अब प्रत्येक नेपाली नागरिकको स्वास्थ्य बिमा हुनुपर्ने उनले बताए । ‘नत्र यो चल्न सक्दैन,’ उनले भने । बिमा कार्यक्रम चलाउन आफूले प्रशस्त अध्ययन गरेर तयारी गरेको पनि सभापति थापाले बताए ।
सभापति थापाले नेपालको स्वास्थ्य समस्या समाधान गर्ने एक मात्र उपाय बिमा भएकाले कांग्रेसले सरकार बनाउँदा त्यसलाई प्रभावकारी बनाएर अघि बढ्ने आफ्नो मूल प्रतिबद्धता रहेको उल्लेख गरे ।