एमाले र ओलीलाई सिध्याउन जाँचबुझ आयोग बनाइएको बादलको आरोप

बुधबार, २२ माघ, २०८२
डिजिटल संस्करण
एमाले र ओलीलाई सिध्याउन जाँचबुझ आयोग बनाइएको बादलको आरोप

फाइल तस्बिर

नेकपा एमालेका उपाध्यक्ष रामबहादुर थापा बादलले पुराना दल र नेताहरूलाई सखाप पारेर नयाँलाई स्थापित गर्ने षड्यन्त्र भएको बताएका छन्।

बुधबार काठमाडौंमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै बादलले पहिलो ‘टार्गेट’ एमाले र एमाले अध्यक्ष केपी ओली बनेको दाबी गरे। एमाले र एमाले नेतृत्वलाई सिध्याउनकै लागि जेन–जी आन्दोलनपछि छानबिन आयोग बनेको उनको आरोप छ।

‘ती पुराना दलहरूमध्ये एक नम्बरमा सिध्याउन खोजिएको नेकपा एमालेलाई हो। नेकपा एमालेलाई सिध्याउनका निम्ति छानबिन आयोग बनाइयो। छानबिन आयोग बनाएर के गर्न खोजिएको थियो भने नेकपा एमालेको नेतृत्वलाई, पूर्वप्रधानमन्त्रीलाई हत्याराको रूपमा साबित गर्ने र आजीवन जेल हाल्ने,’ उनले भने।

यद्यपि, सो षड्यन्त्र सफल नभएको बादलले बताए। ‘पुराना स्थापित पार्टीहरूलाई विस्थापित गर्ने, सखाप पार्ने, नेताहरूलाई विभिन्न मुद्दा लगाएर, जेल हालेर, अनेक गरेर । र नयाँ नेतृत्वलाई, वैकल्पिक दलहरूलाई स्थापित गर्ने मिसन दिइएको थियो,’ उनले भने।
 

सुझावित समाचार