१७औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारदृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २०८१ बैशाख १५ शनिबार
  • Saturday, 27 April, 2024
बालकृष्ण दोषी
२०७५ पौष १८ बुधबार ०६:१५:००
Read Time : > 2 मिनेट
टर्निङ प्वाइन्ट्स-२०१९

प्राकृतिक समृद्धि

Read Time : > 2 मिनेट
बालकृष्ण दोषी
२०७५ पौष १८ बुधबार ०६:१५:००
  • जब संस्कृति र मनोरञ्जन एकसाथ आउँछन् तब समुदायहरू बन्छन् ।
  • जब समुदायहरू समाज बन्छन्, बस्तीको निर्माण हुन्छ ।
  • यी वास्तविकता र एकताको आकांक्षाबीच हामी बाँचिरहेका हुन्छौँ । 

दिगो सहरहरू जंगलजस्तै हुन्– सधैँ बढ्दै र फैलँदै जाने । जंगलमा हरेक हाँगा, हरेक काण्ड र हरेक रूखहरू फरक हुन्छन्, तिनीहरू आफ्नै तरिकाले फुल्छन् । तैपनि ती सबै एक–अर्कासँग जोडिएका हुन्छन् । जंगलमा रहेका हरेक कुराको त्यहाँको कस्मिक सिम्फोनीमा आ–आफ्नै भूमिका हुन्छ । सहर पनि त्यस्तै हो । 

सहर पनि जैविक वस्तुजस्तै हो– दुवै स्थिर र प्रवाहित, स्थूल र निरन्तर रूपान्तरित भइरहने । तन्तुहरू हाम्रो शरीरका भाग भएजस्तै मानिसहरू पनि सहरको भित्री संरचनाका अभिन्न अंग हुन् । हामीलाई जीवनको सञ्जालसँग जोड्ने नसाहरूजस्तै, सडकहरूले पनि हाम्रो जीवनलाई जैविक विविधतायुक्त जंगलमा जोड्ने नसाका रूपमा काम गर्छन् । 

यसो भए हामी हाम्रो सहर र गाउँलाई बायोटेक्नोलोजिकल एकाइका रूपमा किन लिँदैनौँ ? किन हामी सामुदायिक भावनालाई सक्रिय गर्ने र सकारात्मक सहभागितामूलक सांस्कृतिक भावनाको विकास हुने खालको सहरको योजना बनाउँदैनौँ र तिनलाई प्राकृतिक तरिकाले निर्माण गर्दैनौँ ?

उदाहरणका लागि भारतको जयपुरलाई लिऔँ । १८औँ शताब्दीमा जयपुरमा महाराज सावाई जय सिंह दोस्रोको शासन थियो । उनले त्यस सहरलाई धर्तीको स्वर्ग बनाउने सपना देखे । त्यहाँको निरन्तर परिवर्तन भइरहने जलवायु र सूर्यको परिक्रमालाई ध्यानमा राख्दै उनले वरिपरि दिगो सहकारी आवासको गिल्ड र क्लस्टरहरूसहितको सहरको निर्माण गरे । यसरी जयपुरमा शरीर, दिमाग र आत्मा रोपिएसँगै त्यो सहर सामाजिक, आर्थिक र सांस्कृतिक रूपमा सम्पन्न हुँदै गयो । 

जयपुरले प्राचीन वास्तु पुरुष मण्डला भन्ने दर्शनको सम्झना गराउँछ । डिजाइनको त्यो दर्शनको उद्देश्य सन्तुलित तथा स्वस्थ वातावरण सिर्जना गर्नु हो । यो प्राचीन विज्ञानले भारतका अधिकांश पारम्परिक आवासहरूलाई आकार दियो, जहाँ पर्व वा मेलाजस्ता मौसमी गतिविधि हुने गर्छन् । मल्डलाले पूरै फरक वातावरण र स्थानलाई आत्मसात् गर्ने भए पनि अन्ततः यसले सबैलाई प्रेरणा दिन सफल बन्यो । 

दुर्भाग्यवश आज हामीले वास्तुकला र डिजाइनको त्यो आत्मिक विधिलाई बिर्सिएका छौँ । त्यसको साटो अचेल ठूलो बजेट ठूला स्तरका संरचना र एकल व्यवहारलाई प्रोत्साहित गर्ने योजना प्रणाली हामीले अपनाएका छौँ । परिणामस्वरूप हाम्रो वासस्थान टुक्राटुक्रा भएका छन् र हामी सहरी पूर्वाधार र जीवनलाई एकीकृत तरिकाले हेर्न असफल बनेका छौँ । 

समय, ऊर्जा, मानव र प्राकृतिक स्रोत–साधन धेरै लाग्ने ठूला संरचना निर्माण गर्नुको सट्टा पूर्वाधार निर्माणमा बढी प्राकृतिक वा जैविक विधिको अनुशरण गर्न हामी किन सक्दैनौँ ? यसले सानो तर पूर्ण किसिमको बस्तीलाई प्रवद्र्धन गर्छ र त्यहाँ नयाँ संसार बन्न सक्छ । 

यी साना–साना बस्तीहरू दिगो र अनुकरणीय हुनेछन् । यिनीहरू ऊर्जा र जीवनशक्तिले भरिपूर्ण हुनेछन्, तर ती निश्चित आकारभन्दा ठूला भने हुने छैनन् । यिनीहरूमा जैविक विविधताको सञ्जालमा भएजस्तै गुणहरू हुनेछन् । यस्ता बस्तीले समय, ऊर्जा र प्राकृतिक स्रोत खेर जान दिँदैनन् । त्यहाँका बासिन्दामा विश्वव्यापी कौशल हुनेछ र उपयुक्त एवम् परिपूर्ण जीवनशैली पनि । परिणामस्वरूप यस कार्यले हाम्रो पृथ्वीलाई वर्तमानमा रहेका विपत्ति र असमानताबाट जोगाउनेछ । अहिलेका विपत्ति र असमानताले भविष्यबारे अनिश्चितता र चिन्ता बढाएका छन् । 

सामाजिक, सांस्कृतिक र आर्थिक रूपमा संगठित प्राचीन सहरहरू घुम्दा पनि हामीलाई अनौठो, अप्रत्यासित मौनता र सुस्तताले प्रभावित गरिरहेको हुन्छ । हामी केही कुरा हासिल गर्न र कमजोरलाई जित्न चाहन्छौँ र प्रकृतिसँग कसरी जोडिएका छौँ र आफ्नो अन्तस्करणलाई कसरी सम्मानित बनाउन सक्छौँ भन्नेबारे सोच्न थाल्छौँ । 

त्यस किसिमको शान्तिसँगसँगै ती बस्तीहरूमा अनुग्रह, प्रेम, करुणा र विनम्रताजस्ता सौन्दर्यका साधनहरू पनि रहनेछन् । बस्तीहरूलाई जीवन्त राख्न विनम्र एवं कोमल सम्बन्ध सिर्जना गर्न, मानवजातिलाई एकत्रित हुन, एक–आपसका दुःखसुख बाँड्न र बृहत् रूपमा मातृभूमिको एक हिस्साका रहेको भावनाको विकास गर्न पे्ररित गर्छ । 

प्राचीन भारतीय ग्रन्थहरूका अनुसार कुनै स्थानको स्थापति (आर्किटेक्ट वा योजना निर्माता) समय र ऊर्जाको नियमअनुसार प्रकृतिको स्थायी चक्रबारे जानकार हुनुपथ्र्यो । पारिस्थितिक प्रणालीले जसरी काम गर्छ, स्थापतिको काम त्यस्तै हुन्थ्यो । बस्तीका बासिन्दाको जीवनलाई प्राकृतिक वहावसँग समायोजन गर्नु स्थापतिहरूको दायित्व हुन्थ्यो । परस्पर निर्भरताको योजना विधिले सांस्कृतिक गतिविधि र सामाजिक समायोजनको अनुमति दिन्छ । यस्तो दिगो प्रकारको आर्किटेक्चरले जुनसुकै जात वा स्तरको मानिस भए पनि बस्तीमा रहेका सबैलाई वास्तविक प्रकृतिसँग जोडिने मौका दिन्छ । 

त्यसैकारण होला केही जापानी घरहरूमा सानो बोन्साईको रूख हुन्छ, जसले उनीहरूको अस्तित्वको अनन्त रहस्यबारे झस्काइरहन्छ । 

आज हामी विश्वव्यापी रूपमा एक–अर्कासँग जोडिएका त छौँ, तर हामी आध्यात्मिक रूपमा भने एक्लिएका छौँ । अनुभव मात्रै गर्न सकिने सूक्ष्म ऊर्जाका रूपमा रहेको ‘प्राण’को शृंखला (सम्पर्क) हराइरहेको छ, जसलाई पुनः प्रज्वलित गर्न सक्ने हो भने सामुदायिक भावनालाई पुनः जीवन्त पार्न सकिन्छ । 

वर्तमान समयमा हामी योजनाका तिनै पुराना सिद्धान्तलाई अवलम्बन गर्न सक्दैनौँ, जसले सकारात्मक सहभागितामूलक संस्कृतिको वातावरणलाई दिगो बनाउन सकून् ?

प्राचीन भारतीय ग्रन्थहरूका अनुसार कुनै स्थानको स्थापति (आर्किटेक्ट वा योजना निर्माता) समय र ऊर्जाको नियमअनुसार प्रकृतिको स्थायी चक्रबारे जानकार हुनुपथ्र्यो । पारिस्थितिक प्रणालीले जसरी काम गर्छ, स्थापतिको काम त्यस्तै हुन्थ्यो । 

दोषी सन् २०१८ को प्राइत्कर पुरस्कार विजेता हुन् । उनी आर्किटेक्चर क्षेत्रको विश्वकै प्रतिष्ठित सो पुरस्कार पाउने पहिलो भारतीय पनि हुन् ।