मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज ४ शनिबार
  • Saturday, 20 September, 2025
फाइल फोटो
नयाँ पत्रिका काठमाडौं
२o८२ असोज ४ शनिबार १५:oo:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

नयाँ बसपार्कमा यात्रुको नि:शुल्क स्वास्थ्य परीक्षण

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असोज ४ शनिबार १५:oo:oo

काठमाडौं महानगरपालिकाले यात्रु सहायता कक्षबाटै नि:शुल्क स्वास्थ्य परीक्षण सुरु गरेको छ । गोँगबुस्थित नयाँ बसपार्कमा चाडपर्वमा घर जाने यात्रुको नि:शुल्क स्वास्थ्य परीक्षण गरिएको हो ।

काठमाडौँ महानगरपालिका स्वास्थ्य सेवा विभागका सिनियर अहेव दमनबहादुर नेगीले चाडपर्वमा घर जाने यात्रुलाई लक्षित गरी नि:शुल्क स्वास्थ्य जाँच सुरु गरेको जानकारी दिए । महानगरपालिकाले उक्त कक्षबाट रक्तचाप र मधुमेह परीक्षण, झाडापखालाको औषधि वितरण गरिरहेको सिअहेव नेगीले बताए । उक्त सेवा दशैं भरि सञ्चालन हुने महानगरपालिकाले जनाएको छ ।

उक्त कक्षको आज काठमाडौँ महानगरपालिका-२६ का वडाध्यक्ष ख्यामराज तिवारी र काठमाडौँ महानगरका प्रहरी प्रमुख राजुनाथ पाण्डेले शुभारम्भ गरे । नयाँ बसपार्कमा हुने भिडभाड नियन्त्रणका लागि महानगर प्रहरीसमेत परिचालन गरिएको छ । उक्त प्रहरीले भिडभाड नियन्त्रणका साथै यात्रुहरूलाई सहजै रूपमा गन्तव्य स्थलसम्म पुग्नका लागि सहजीकरण गर्नेछ।