मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 20 September, 2025
Invalid date format १३:३८:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

हिजोदेखि अवरुद्ध नारायणगढ–मुग्लिन सडकमा निरन्तर ढुंगा खस्दा पहिरो पन्छाउन समस्या 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:३८:oo

शुक्रबार साँझबाट अवरुद्ध नारायणगढ–मुग्लिन सडकमा निरन्तर पहिरो खस्न थालेपछि पहिरो पन्छाउन समस्या भइरहेको छ।  तुईन खोला पुल नजिकै निरन्तर झरेको पहिरोका कारण रातभर सडक अवरुद्ध भएकामा शनिबार बिहान फेरि पहिरो खसेको थियो। तर,  खस्ने क्रम निरन्तर भइरहेको हुँदा पहिरो हटाउन समस्या भइरहेको सडक डिभिजन कार्यालय भरतपुरले जनाएको छ।

हाल नारायणगढतर्फबाट एक लोडर, एक एक्साभेटर तथा मुग्लिनतर्फबाट दुईवटा लोडर, एक एक्साभेटर परिचालन गरी दुवै तर्फबाट पहिरो हटाउने काम भइरहेको छ। तर, थप पहिरो खस्ने क्रम रोकिएमा कम्तीमा शनिबार साँझसम्ममा पहिरो हटाई सवारी आवागमन सुचारू गर्ने सम्भावना रहेको जनाइएको छ।  पहिरोका कारण सडक अवरुद्ध हुँदा हजारौं सवारीसाधन सडकमा रोकिएका छन्।