मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज ३ शुक्रबार
  • Friday, 19 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असोज ३ शुक्रबार o६:oo:oo
Read Time : < 1 मिनेट
प्रेरक प्रसंग प्रिन्ट संस्करण

प्रेरक प्रसंग : शिक्षिकाको अनुकरणीय प्रयास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असोज ३ शुक्रबार o६:oo:oo

यो केही वर्षको एक वास्तविक र अत्यन्त प्रेरणादायी घटना हो, जहाँ एक शिक्षिकाको लगनले धेरैलाई आश्चर्यचकित बनायो । मेक्सिकोको ग्वानाजुवाटो भन्ने ठाउँमा एकजना ने नामकी शिक्षिका बस्थिन् । उनी अल–पासियो अल अल्टो विद्यालयमा फरक क्षमता भएका र अटिजम भएका विद्यार्थीलाई पढाउने गर्थिन् । 

जब कोरोना भाइरसको संक्रमण संसारभर फैलियो, त्यसपछि मानिसको भिडभाड हुने ठाउँ बन्द हुन थाल्यो । सार्वजनिक स्थलमा मानिसको आवागमन लगभग ठप्प भयो । फलस्वरूप स्कुल, कलेजको पठनपाठन पनि बन्द भयो । सहरी क्षेत्रमा भएका विद्यालयले इन्टरनेटका माध्यमबाट अनलाइन कक्षा सुरु गरे । ग्रामीण क्षेत्रका विद्यार्थी इन्टरनेटको सुविधाबाट वञ्चित भएकाले तिनले पढाइलाई निरन्तरता दिन पाएनन् । शिक्षिका नेले पढाउने विद्यार्थीसँग पनि इन्टरनेटको सुविधा थिएन । उनीहरू पनि शिक्षाबाट वञ्चित हुनुपर्ने अवस्थामा पुगेका थिए ।

त्यस्तो परिस्थितिमा आफ्ना विद्यार्थीको पढाइमा असर नपरोस्, उनीहरूको पठनपाठन नछुटोस् भनेर नेले पिकअप ट्रकमा घन्टौँ लामो यात्रा गरेर त्यस्ता विद्यार्थीलाई पढाउन थालिन् । उनी घरघरबाट विद्यार्थी जम्मा गर्ने र उनीहरूलाई ट्रकको पछाडि राखेर पढाउने गर्थिन् । कोरोनाबाट बच्न उनले स्वास्थ्यका उपयुक्त मापदण्ड पनि अपनाएकी थिइन् । 

उनले वैकल्पिक तरिकाले शिक्षा दिएको तस्बिर ट्विटरमा सार्वजनिक भएपछि धेरै ठाउँबाट उनको कार्यले प्रशंसा पायो । यस्तो प्रशंसाबारे शिक्षिका नेले भने आफूले खासै ठुलो काम नगरेको बताइन् । उनले आफ्ना विद्यार्थी फरक क्षमता भएकै कारण किन पढाइबाट छुटुन् भन्ने सोचले यस्तो कार्य गरेको बताइन् ।