मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असोज ३ शुक्रबार
  • Friday, 19 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असोज ३ शुक्रबार o७:४९:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

फिफा वरीयतामा नेपाल यथावत्

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असोज ३ शुक्रबार o७:४९:oo

फिफाको नयाँ वरीयतामा नेपाल १७६औँ स्थानमा कायम रहेको छ । नेपालले गत २१ भदौमा बंगलादेशसँगको मैत्रीपूर्ण फुटबलमा गोलरहित बराबरी खेलेको थियो । दक्षिण एसियाको शीर्षमा रहेको भारतको वरीयता खस्किएको छ ।

भारत एक स्थान ओरालो लाग्दा १३४औँ स्थानमा रह्यो । भुटान, माल्दिभ्स र बंगलादेश यथास्थानमा छन् । पाकिस्तान दुई स्थान उक्लिएर १९९औं स्थानमा पुगेको छ । श्रीलंका एक स्थान तल झरेर १९७औँ स्थानमा छ ।

नेपालभन्दा पछि रहेको बंगलादेश एक स्थान तल झर्दै १८४औँ स्थानमा पुगेको छ । विश्व च्याम्पियन अर्जेन्टिना भने दुई वर्षपछि फिफा वरीयताको शीर्ष स्थानबाट ओरालो लागेको छ ।

अर्जेन्टिना तेस्रोमा सीमित भयो । १० वर्षपछि स्पेन शीर्षमा उक्लेको छ । फ्रान्स दोस्रोमा छ । इंग्ल्यान्ड चौथो स्थानमा यथावत् रह्यो । पोर्चुगलले एक स्थान सुधार गर्दै पाँचौँ रक्षा गरेको छ । ब्राजिल छैटौँ स्थानमा झरेको छ । एसियाली राष्ट्रमध्ये जापान दुई स्थान खस्किएको छ । विश्व वरीयतामा जापान १९औँ र इरान २१औँ स्थानमा छन् ।