Skip This
सुरक्षित र समृद्ध देश निर्माण गर्न महतोको आह्वान
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Wednesday, 17 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format ११:४१:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

सुरक्षित र समृद्ध देश निर्माण गर्न महतोको आह्वान

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format ११:४१:oo

गैरआवासीय नेपाली संघ (एनआरएनए)का संस्थापक अध्यक्ष तथा उद्यमी डा. उपेन्द्र महतोले देशभित्र र बाहिर रहेका सबै नेपालीलाई हातेमालो गरेर सुरक्षित र समृद्ध मुलुक निर्माणमा जुट्न आह्वान गरेका छन् ।

देशमा व्याप्त भ्रष्टाचार नियन्त्रण र सुशासनको माग राखी जेन–जीले गरेको आन्दोलनपश्चात् भएको क्षति बिर्सेर पुनर्निर्माणमा जुट्नुपर्ने र आवश्यक स्रोत जुटाउन देश–विदेशका नेपालीले सक्दो सहयोग गर्नुपर्ने बताएका छन् ।

एक विज्ञप्ति जारी गर्दै डा. महतोले संसारभरि छरिएर रहेका नेपालीले संगठति भएर जुट्नुपर्ने आवश्यकता रहेको बताएका छन् । ‘हतोत्साही नभई निर्धक्क भएर नेपालमा अझ धेरै लगानी लिएर आउनुहोस् ।

हाम्रा महत्वपूर्ण संरचनाको फेरि सिर्जना गर्नुपर्नेछ, अझ जुर्मुराएर उठ्नु छ,’ विज्ञप्तिमार्फत उनले भनेका छन्, ‘जेन–जीले परिकल्पना गरेको समृद्ध नेपालमा शान्ति र विधिको शासन स्थापित हुनेछ भन्नेमा विश्वास गरौँ ।’ आन्दोलनका क्रममा उनको घरसमेत जलेको थियो ।