Skip This
जेन–जी आन्दोलनको प्रभाव : सडक विभागकाे क्षति कहाँ कति ?
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ३१ मंगलबार
  • Tuesday, 16 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ ३१ मंगलबार ११:२९:oo
Read Time : < 1 मिनेट
अर्थ डिजिटल संस्करण

जेन–जी आन्दोलनको प्रभाव : सडक विभागकाे क्षति कहाँ कति ?

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ ३१ मंगलबार ११:२९:oo

भदौ २३ र २४ गते भएको जेन–जी आन्दोलनले थुप्रै क्षति गराएको छ। देशभरका अधिकांश सार्वजनिक सम्पत्तिमाथि आगजनी र तोडफोड भए । आन्दोलन मथ्थर भएपछि सडक विभागले आफ्नो क्षतिको विवरण सार्वजनिक गरेको छ।

जसमा महानिर्देशकको कार्यकक्ष, पुल महाशाखा र अन्तर्गतका शाखामा क्षति भएको जनाएको छ। त्यस्तै, वैदेशिक सहायता समन्वय महाशाखा र अन्तर्गतका शाखाहरू, यान्त्रिक महाशाखा र अन्तर्गतका शाखाहरू, सम्भार महाशाखा र अन्तर्गतका शाखाहरू, प्रशासन शाखा, उत्तर–दक्षिण तथा व्यापारिक मार्ग विस्तार आयोजना र अन्तर्गतका शाखाहरू र आर्थिक प्रशासन शाखा पूर्ण रूपमा क्षति भएको विभागको ठहर छ। 

पुष्पलाल (मध्यपहाडी) राजमार्ग आयोजना निर्देशनालय, नागढुंगा सुरुङमार्ग आयोजना, हुलाकी राजमार्ग योजना निर्देशनालय र अन्तर्गतका शाखाहरू, कानुन तथा विवाद व्यवस्थापन शाखा  र सडक सुधार तथा विकास योजना कार्यालयको आंशिक क्षति भएको विभागले जनाएको छ। 

त्यस्तै, सडक विभागमा दुईपांग्रे करिब ७५-८० वटा, चारपांग्रे  करिब ६५-७० वटा पूर्ण रूपमा क्षति भएको छ भने सडक विभागमातहतका कार्यालयमा दुईपांग्रे करिब ९-१२ वटा, चारपांग्रे करिब २५-३० वटा पूर्ण रूपमा क्षति भएको छ । सडक विभागमातहतका कार्यालयमा सडक डिभिजन भक्तपुर, दाङ, चन्द्रपुर, महेन्द्रनगर-धनगढी साइट अफिस, हुलाकी आयोजना (धनगडी साइट अफिस)  पूर्ण रूपमा क्षति भएको देखिन्छ ।