
सरकारले जेन–जी आन्दोलनमा मारिएकाहरूको सम्मानमा राष्ट्रिय झन्डा झुकाउने र शोक दिवस मनाउने भएको छ ।गृहमन्त्री ओमप्रकाश अर्यालले पदभार ग्रहणसँगै तीन निर्णय गरेका हुन् ।
शाेक दिवस मनाउने, राष्ट्रिय झन्डा आधा झुकाउने, आन्दोलनमा मृत्यु भएकाकाे काजकिरियाका लागि एक लाख दिने र राष्ट्रिय झन्डा झुकाउने निर्णय उनले गरेका छन्।
त्यस्तै, आन्दोलनमा ज्यान गुमाएकाको शवको व्यवस्थापनका लागि निशुल्क सवारी साधन तथा दुर्गमको हकमा हेलिकोप्टरको व्यवस्थापन गर्ने निर्णय गरिएको छ ।