मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ ३० सोमबार
  • Monday, 15 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ ३० सोमबार १६:५२:oo
Read Time : < 1 मिनेट
सप्तरंग डिजिटल संस्करण

टोरन्टो फिल्म फेस्टिभल सम्पन्न, ‘ह्याम्नेट’ले रच्यो इतिहास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ ३० सोमबार १६:५२:oo

विश्व प्रतिष्ठित टोरन्टो अन्तर्राष्ट्रिय फिल्म फेस्टिभल– २०२५ औपचारिक रूपमा सम्पन्न भएको छ। फेस्टिभलको ५०औँ संस्करणमा निर्देशक क्लोई जाओ निर्देशित फिल्म ‘ह्याम्नेट’ले पिपुल्स च्वाइस अवार्ड जित्यो।

आइतबार फेस्टिभलको समापन समारोहमा यो फिल्मले पिपुल्स च्वाइस अवार्ड जित्दै ऐतिहासिक सफलता हात पारेको हो। निर्देशक जाओको फिल्म ‘ह्याम्नेट’ले सबैको ध्यान तानेको छ। ह्याम्नेटको जितलाई आगामी ओस्कार अवार्डका लागि पनि बलियो संकेतको रूपमा हेरिएको छ।

जाओ योसँगै टोरन्टो फेस्टिभलको इतिहासमै दुईपटक पिपुल्स च्वाइस अवार्ड जित्ने पहिलो निर्देशक बनेकी छिन्। यसअघि उनले सन् २०२० मा ‘नोम्याडल्यान्ड’का लागि यो अवार्ड जितेकी थिइन्। 
फेस्टिभलमा फिल्म ‘फ्रेन्केन्स्टाइन’ पुपिल्स च्वाइस अवार्डअन्तर्गत फर्स्ट रनरअप भयो भने फिल्म ‘वेक अप डेड म्यान : अ नाइभ्स आउट मिस्ट्री’ सेकेन्ड रनरअप भयो।

फेस्टिभलमा अन्य विजेता फिल्महरूले पनि दर्शकको निकै प्रशंसा पाए। फेस्टिभलमा पिपुल्स इन्टरनेसनल अवार्ड दक्षिण कोरियाली निर्देशक पार्क चान–वुक निर्देशित ‘नो अदर च्वाइस’ले पायो। यसअन्तर्गत फर्स्ट रनरअप फिल्म ‘सेन्टिमेन्टल भ्यालु’ र सेकेन्ड रनरअप उपविजेता ‘होम बोउन्ड’ भयो।

यस्तो फेस्टिभलको पिपुल्स च्वाइस मिडनाइट म्याडनेस अवार्ड ‘निर्वाणा : द ब्यान्ड द साे द मुभी’ले पायो। त्यस्तै, फर्स्ट रनरअप ‘अब्सेसन’ र सेकेन्ड रनरअप ‘द फ्युरियस’ भए। त्यस्तै फेस्टिभलको पिपुल्स च्वाइस डकुमेन्ट्री अवार्ड ‘द रोड बिटविन अस : द अल्टिमेट रेस्क्यु’ले पायो। यसअन्तर्गत फर्स्ट रनरअप ‘एपिक : एल्विस प्रेस्ली इन कन्सर्ट’, सेकेन्ड रनरअप ‘यु ह्याड टु बी देअर ; हाउ द टोरन्टो गडस्पेसल इग्निटेड द कमेडी रिभोलुसन’ भयो।

सेप्टेम्बर ४ देखि सुरु भएको फेस्टिभलमा स्कारलेट जोहान्सन, डेनियल क्रेग, रामी मालेक, रायन रेनोल्ड्स, युजिन लेभी, एन्जोलिना जोलीलगायतका चर्चित हस्तीहरूको उपस्थित थियो।