मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २९ आइतबार
  • Sunday, 14 September, 2025
२o८२ भदौ २९ आइतबार १६:११:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

स्वास्थ्य मन्त्रालयको सेवा एनएचआरसीको भवनबाट दिने तयारी 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २९ आइतबार १६:११:oo

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले नेपाल स्वास्थ्य अनुसन्धान परिषद् (एनएचआरसी)को भवनबाट सेवा प्रवाह गर्ने भएको छ । हाल मन्त्रालयको भवन ध्वस्त अवस्थामा छन् । मन्त्रालयको पछाडि रहेको एनएचआरसीको भवन भने जोगिएको छ ।

अस्थायी रूपमा यही भवनबाट सेवा सुरु गरिने स्वास्थ्य मन्त्रालयले जनाएको छ । आगलागीका कारण स्वास्थ्य मन्त्रालयभित्रका कुनै पनि कागजात तथा फर्निचर बाँकी छैनन् ।

तत्काल मन्त्रालयको कामकारबाही सञ्चालन गर्नुपर्ने भएकाले अस्थायी रूपमा कार्यालय तय गर्न लागिएको मन्त्रालयका सचिव डा. विकास देवकोटाले जानकारी दिए । उनका अनुसार मन्त्रालयलाई सिंहदरबारभित्र सार्ने सवाल पनि उठिरहेको थियो । तर, सिंहदरबारभित्रै रहेका भवनहरू नै क्षतिग्रस्त भएपछि उक्त सम्भावना हाललाई छैन । ‘अहिलेलाई नजिकै रहेको एनएचआरसीको भवनबाट सेवा दिन्छौँ, मन्त्रालयको कुनै पनि चिज बाँकी छैन, सबै जलेर खरानी भएको छ, मन्त्रालय नभए पनि बाहिरबाट भए पनि समन्वयात्मक रूपमा काम भइरहेको छ,’ उनले भने, ‘टेकुस्थित विभागकोे भवनमा क्षति नभएकोले देशभरि हुने क्रियाकलाप विभागबाट भइरहेका छन् ।’