मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २९ आइतबार
  • Sunday, 14 September, 2025
२o८२ भदौ २९ आइतबार १५:३९:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

कारागारबाट भागेका ३७ जना कैदी काभ्रेमा पक्राउ 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २९ आइतबार १५:३९:oo

जेन–जी प्रदर्शनको क्रममा कारागारबाट भागेका ३७ जना कैदी काभ्रेपलाञ्चोक जिल्लाको विभिन्न स्थानमा पक्राउ गरेका छन् । जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चोकका अनुसार जिल्लाको विभिन्न स्थानमा नाैजना कैदी पक्राउ गरेको बताए ।

जिल्ला प्रहरी कार्यालय काभ्रेपलाञ्चाेकका सूचना अधिकारी तथा प्रहरी नायब उपरीक्षक मीनबहादुर घलेका अनुसार कर्तव्य ज्यान मुद्दाका १२ जना, जबर्जस्ती करणी मुद्दाका नाैजना, लागुऔषध मुद्दाका चारजना, चोरी मुद्दाका चारजना, अपहरण तथा शरीर बन्धक मुद्दाका दुईजना, सवारी ज्यान मुद्दाका दुईजना, ओभर स्टे मुद्दाका एकजना, ठगी मुद्दाका दुईजना र मानव बेचबिखन मुद्दाका एकजना गरी ३७ जना कैदी पक्राउ गरेको हो । 

ती कैदीमध्ये केन्द्रीय कारागारमा १८ जना, डिल्लीबजार कारागारमा १४ जना, नक्खु कारागारमा तीनजना र सिन्धुली कारागारमा दुईजना पठाएको उनले जानकारी दिए ।