मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २९ आइतबार
  • Sunday, 14 September, 2025
२o८२ भदौ २९ आइतबार १५:४५:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

धादिङमा मोटरसाइकल र स्कार्पियो ठोक्किँदा दुईजना घाइते

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २९ आइतबार १५:४५:oo

धादिङको नीलकण्ठ नगरपालिका–८ मुरलीभञ्ज्याङमा स्कार्पियो र मोटरसाइकल एक–आपसमा ठोक्किँदा दुईजना घाइते भएका छन् । 

धादिङबेँसीबाट सल्यानटारतर्फ जाँदै गरेको स्कार्पियो र विपरीत दिशाबाट आउँदै गरेको बा.३२प ८००८ नम्बरको मोटरसाइकल एक–आपसमा ठोक्किँदा दुईजना घाइते भएको जिल्ला प्रहरी कार्यालय धादिङका प्रहरी नायब उपरीक्षक सुवास हमालले जानकारी दिए । 

प्रहरी नायब उपरीक्षक हमालका अनुसार  दुर्घटनामा परी मोटरसाइकलमा सवार नीलकण्ठ नगरपालिका–९ निगालपानीका ३९ वर्षीय राकेश खाती र ३५ वर्षीय कुमार बरायली घाइते भएका छन् । खातीको  छातीमा चोट लागेको र अवस्था गम्भीर रहेको छ भने अनुहार र दुवै खुट्टामा चोट लागेको छ । बरायलीको अवस्था मध्यम रहेको उनले बताए । 

दुर्घटनामा परी घाइते भएका एकजनाको धादिङ अस्पतालमा उपचार भइरहेको छ भने घाइते भएका नीलकण्ठ नगरपालिका– ९ निगालपानीका राकेश खातीलाई हेलिकाेप्टरमार्फत काठमाडौं लगिएको छ । स्कार्पियो र मोटरसाइकल दुवै सवारीसाधनका चालक जिल्ला प्रहरी कार्यालय धादिङको नियन्त्रणमा रहेको प्रहरी नायब उपरीक्षक हमालले जानकारी दिए ।