मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Sunday, 14 September, 2025
Invalid date format १३:१o:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

प्रशासनले बनायो क्षति मूल्यांकन समिति

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १३:१o:oo

जिल्ला प्रशासन कार्यालय सुर्खेतले जेन–जी आन्दोलनका कारण सार्वजनिक र निजी सम्पत्तिमा पुगेको क्षति आकलन गरी विवरण संकलन गर्न समिति गठन गरेको छ ।

सहायक प्रमुख जिल्ला अधिकारी डिलबहादुर कार्कीको संयोजकत्वमा गठिन समितिले क्षति पुगेका सरकारी कार्यालय र निजी घरहरूको अध्ययन गरेर तीन दिनभित्र विवरण सार्वजनिक गर्नेछ ।

सुर्खेतका प्रमुख जिल्ला अधिकारी जगदीश्वर उपाध्यायले गठित समितिद्वारा प्राप्त विवरणका आधारमा क्षतिको आकलन गरिने बताए । ‘कार्यविधिअनुसार हामीले तीन दिनको समय दिएर मूल्यांकन समिति गठन गरिसकेका छौँ,’ प्रजिअ उपाध्यायले भने, ‘यस अवधिमा आन्दोलनका क्रममा भएको क्षतिको विवरण संकलन गर्न समितिलाई निर्देशन भइसकेको छ।’ उनले आगलागीबाट क्षति पुगेका कार्यालयबाट आइतबारदेखि सेवा निरन्तरता दिने विषयमा आवश्यक छलफल भइरहेको बताए ।

देश विषम परिस्थितिमा रहेको उल्लेख गर्दै उनले संयमित भएर सेवाग्राहीलाई सेवा प्रवाहको वातावरण मिलाउन सम्बद्ध निकायलाई निर्देशन दिएको बताए ।