मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २८ शनिबार
  • Saturday, 13 September, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ भदौ २८ शनिबार २१:११:oo
Read Time : < 1 मिनेट
समाचार

दुई दिनमै स्थानीयले बनाए नेपालटार प्रभाग 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ भदौ २८ शनिबार २१:११:oo

आन्दोलनको क्रममा जलाइएको काठमाडौंको प्रहरी प्रभाग नेपालटार दुई दिनमै मर्मत गरिएको छ । स्थानीयको सहयोगमा शनिबार सरसफाइ र रंगरोगन गरी कार्यालय बस्न मिल्ने बनाइएको छ। 

स्थानीयले आफ्नो दायित्व ठानेर प्रहरी कार्यालय मर्मत गरेका हुन् । स्थानीय बासिन्दा रहेका वरिष्ठ सइ सन्तोष कार्कीका अनुसार शान्तिसुरक्षा आफूहरू सबैको सरोकार भएकाले नागरिककै सहयोगमा प्रहरी कार्यालय मर्मत गरिएको हो। ‘अहिलेको अवस्थामा शान्तिसुरक्षामा चुनौती बढेको छ,’ उनी भन्छन्, ‘प्रहरीलाई कार्यालयमा फर्काउन हामीले कार्यालय सफाइ गरी रंगरोगन गरेका हौँ।’