
प्रधानमन्त्री सुशीला कार्की र जेनजी युवाहरुका प्रतिनिधिबीच छलफल जारी छ । प्रधानमन्त्री निवास बालुवाटारमा प्रधानमन्त्री कार्की र युवाहरु छलफलमा जुटेका हुन् ।
शनिबार दिनभर आन्दोलनका घाइते, मृतकका परिवार भेट्दै भग्नावशेष संरचनाको अवलोकन गरेकी प्रधानमन्त्री कार्की र युवाहरु अब कसरी अगाडि बढ्ने भनेर छलफलमा जुटेका हुन् । छलफलमा प्रधानमन्त्री कार्की, जेनजी युवाहरु, कानुनविद् ओमप्रकाश अर्याललगायत सहभागी छन् ।
छलफलमा सहभागी जेनजी समूहका एक सदस्यकाअनुसार मन्त्रिपरिषद् विस्तार, मृतकलाई सहिद घोषणा, क्षतिपूर्ति, घाइतेको उपचार, पुनर्निर्माण, आन्दोलन र भ्रष्टाचारसम्बन्धी छानबिन आयोग गठन लगायत एजेण्डामा चर्चा भइरहेको छ । बैठक साढे ९ बजेदेखि जारी छ ।