मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Saturday, 13 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १५:२१:oo
Read Time : < 1 मिनेट
विश्व डिजिटल संस्करण

बंगलादेशका प्रमुख  सल्लाहकार युनुसद्वारा प्रधानमन्त्री कार्कीलाई बधाई

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १५:२१:oo

बंगलादेश सरकारका प्रमुख सल्लाहकार प्राध्यापक मुहम्मद युनुसले सुशीला कार्कीलाई प्रधानमन्त्रीमा नियुक्त भएको अवसरमा बधाई ज्ञापन गरेका छन्।

नेपालको कठिन र चुनौतीपूर्ण घडीमा उच्च पद ग्रहण गरेको भन्दै उनले नेपाली जनताले देखाएको विश्वास र भरोसाको प्रशंसा गरेका छन्। युनुसले नेपालको शान्ति, विकास र स्थायित्वतर्फको यात्रामा प्रधानमन्त्री कार्कीको नेतृत्व महत्वपूर्ण हुने विश्वास व्यक्त गरे।

बधाई सन्देशमा उनले नेपाल–बंगलादेशबीचको मैत्रीपूर्ण सम्बन्धलाई अझ गहिरो बनाउन दुवै देशबीचको सहकार्य र आपसी सम्मानलाई निरन्तर मजबुत पार्ने इच्छाशक्ति प्रकट गरेका छन्।

नेपालमा हालैका राजनीतिक घटनाक्रममा ज्यान गुमाउनेको प्रति उनले गहिरो दुःख व्यक्त गर्दै शोकसन्तप्त परिवारप्रति संवेदना प्रकट गरेका छन्। साथै घाइतेहरुको शीघ्र स्वास्थ्यलाभको शुभकामना दिएका छन्।

युनुसले प्रधानमन्त्री कार्कीको सफल कार्यकाल तथा नेपाली जनताको शान्ति र समृद्धिका लागि शुभेच्छा व्यक्त गरेका छन्।