मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ २८ शनिबार
  • Saturday, 13 September, 2025
२o८२ भदौ २८ शनिबार १८:१o:oo
Read Time : < 1 मिनेट
समाचार

भाटभटेनी सुपरमार्केट चोरीमा संलग्न शिक्षक निष्कासित

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ २८ शनिबार १८:१o:oo

बुटवलस्थित भाटभटेनी सुपरमार्केटमा चोरीमा संलग्न शिक्षक विद्यालयबाट निष्कासित भएका छन्। २४ भदौमा भएको जेन-जीको प्रदर्शनका क्रममा बुटवलको सुक्खानगरस्थित भाटभटेनी सुपरमार्केटमा भएको तोडफोड तथा लुटपाटका क्रममा बुटवलस्थित कालिका मानवज्ञान माध्यमिक विद्यालयका शिक्षक शिवशंकर शुक्ला चोरीमा संलग्न भएको सामाजिक सञ्जालमा देखिएपछि विद्यालयले निष्कासन गरेको हो।

शनिबार कालिकाका प्रधानाध्यापक दिनेश थापाले  शिक्षक शिवशंकर शुक्लालाई विद्यालयबाट हटाउने निर्णय गरेका हुन्।

शुक्ला २४ भदौमा भएको जेन-जीको प्रदर्शनका क्रममा बुटवलको सुक्खानगरस्थित भाटभटेनी सुपरमार्केटमा भएको अनियमिततामा संलग्न देखिएको प्रधानाध्यापक थापाले बताएका छन्। साथै, शुक्लाले विद्यालयको आचारसंहिता तथा नियमविपरीत कार्य गरेकोसमेत थापाद्वारा जारी कारबाही पत्रमा जनाइएको छ।