
नक्खु कारागार प्रशासनले भदौ २४ गतेको घटनापछि फरार भएका सबै कैदीबन्दीलाई आत्मसमर्पण गर्न र आधिकारिक सम्पर्कमा आउन अपिल गरेको छ ।
प्रशासनले तत्काल जेलमा नफर्किए भविष्यमा प्राप्त हुने कानुनी अधिकार, सुविधा र सामाजिक पुनर्स्थापना प्रक्रियामा असर पर्ने चेतावनी दिएको छ ।
नक्खु जेलबाट रास्वपा सभापति रवि लामिछानेसहित १४ सय कैदीबन्दी बाहिरिएका थिए ।