मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Monday, 01 September, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format o८:३६:oo
Read Time : < 1 मिनेट
खेलकुद प्रिन्ट संस्करण

अन्तर्राष्ट्रिय प्रतियोगिताका लागि अयोग्य दशरथ रंगशालामा रग्बी हुँदै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format o८:३६:oo

 एसियाली फुटबल महासंघ (एफसी)ले अन्तर्राष्ट्रिय मान्यताप्राप्त खेलका लागि अयोग्य ठहर दशरथ रंगशालामा ३० भदौमा रग्बी सिरिज हुने भएको छ । नेपाल रग्बी संघको आयोजनामा दोस्रो नेपाल–बंगलादेश अन्तर्राष्ट्रिय रग्बी सिरिज त्रिपुरेश्वरको रंगशालामा हुने भएको हो । सिरिजमा रग्बी सेभेन्सका दुई तथा ३१ भदौमा फ्टिन्सको एक खेल हुने आयोजक संघका अध्यक्ष दीपक देवकोटाले बताएका छन् । 

सिरिज सञ्चालन गर्न करिब ३५ लाख खर्च हुने आयोजकले जनाएको छ । सिरिजको पहिलो संस्करण बंगलादेशको ढाकामा सन् २०२२ मा भएको थियो । एएफसीले भने यसै वर्ष हुने मलेसिया र भियतनामको खेल दशरथ रंगशालामा गर्न नसकिने अखिल नेपाल फुटबल संघ (एन्फा)लाई बताएको छ । विशेषतः रंगशालामा सिट नम्बर व्यवस्थित नभएको तथा दर्शक, भिआइपी, मिडिया प्रवेश गर्ने एउटै गेट भएको एएफसीको भनाइ छ । 

रंगशालाको फ्लड लाइट र मैदानको सतहसमेत नमिलेको, डे«नेज पनि ठिक नभएको त्रुटि देखाउँदै एएफसीले दशरथ रंगशालामा अन्तर्राष्ट्रिय खेल आयोजना गर्न नमिल्ने बताएको छ । यससँगै नेपालले न्युट्रल भेन्यु खोज्नुपर्ने भएको छ । एएफसीले मलेसिया र भियतनामको खेल आयोजना गर्न नदिएपछि यही मैदानमा अन्तर्राष्ट्रिय मैत्रीपूर्ण खेल हुँदै छ । भदौ अन्तिम साता नै नेपालले बंगलादेशसँग दुई खेल खेल्दै छ ।

छुटाउनुभयो की ?