मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १५ आइतबार
  • Monday, 01 September, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ भदौ १५ आइतबार १o:४४:oo
Read Time : < 1 मिनेट
समाचार प्रिन्ट संस्करण

‘अप्ठ्यारो परिस्थितिमा ओलीजस्तो बोल्ड लिडर आवश्यक’

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ भदौ १५ आइतबार १o:४४:oo

एमाले उपमहासचिव प्रदीप ज्ञवालीले पार्टी अप्ठ्यारो परिस्थितिबाट गुज्रिरहेका कारण अबको महाधिवेशनबाट पनि केपी ओलीको ‘बोल्ड नेतृत्व’ आवश्यक भएको बताएका छन् ।

प्रेस चौतारी नेपालले शनिबार गरेको अन्तर्क्रियामा ज्ञवालीले ओलीको नेतृत्वमा मात्रै पार्टीले वर्तमान चुनौतीहरूको सामना गर्न सक्ने दाबी पनि गरे । पार्टीले संस्थागत निर्णय गरेर प्रणाली बसाइसकेकाले अब पूर्वराष्ट्रपति विद्या भण्डारीको पार्टी सदस्यता नवीकरणको कुरा उठाउनु आवश्यक नभएको ज्ञवालीले बताए ।

उनले राष्ट्रपति र उपराष्ट्रपतिजस्ता पदमा पुगेका व्यक्तिहरू पार्टीमा आबद्ध हुनेभन्दा पनि देशकै अभिभावकीय भूमिका निर्वाह गर्नुपर्नेमा जोड दिए । 

छुटाउनुभयो की ?