
सन् १९९७ : तत्कालीन बेलायती महारानी एलिजावेथ द्वितीयका जेठा छोरा चाल्र्स (हालका राजा)की पूर्वश्रीमती डायनाको पेरिसमा कार दुर्घटनामा परी मृत्यु भयो । फोटो पत्रकारलाई छल्न कार तीव्र गतिमा कुदाउँदा उक्त दुर्घटना भएको थियो । दुर्घटनामा डायनासँगै कारचालक हेनरी पल र डायनाका प्रेमी भनिएका डोडी फायद पनि दिवंगत भएका थिए ।
सन् १९९२ : फिलिपिन्समा एक खानीमा भएको विस्फोटका परी पाँच सयजनाको मृत्यु भयो ।
सन् १९९४ : आयरल्यान्डको सम्पूर्ण भूभागमा बेलायती शासन अन्त्य हुनुपर्ने माग राखेर सशस्त्र क्रान्ति गरिरहेको ‘आइरिस रिपब्लिकन आर्मी (आइआरए)’ले उसको सैन्य अभियान पूर्ण रूपमा अन्त्य भएको घोषणा गर्यो ।
सन् २००६ : सन् २००४ अगस्ट २२ मा चोरिएको एडभार्ड मुन्चको चर्चित पेन्टिङ ‘द स्क्रिम’ नर्वेजियन प्रहरीको कारबाहीबाट फेरि प्राप्त भयो । पेन्टिङ अपेक्षा गरिएभन्दा राम्रो अवस्थामा थियो ।
सन् २०१५ : अमेरिकी राष्ट्रपति बाराक ओबामाले अलास्कास्थित उत्तर अमेरिकी महादेशकै अग्लो शिखर माउन्ट म्याकिन्लेको नाम औपचारिक रूपमा सो स्थानका आदिवासीले प्रयोग गर्ने नाम ‘देनाली’मा बदले ।
सन् २०१६ : ब्राजिलको सिनेटले राष्ट्रपति डिल्मा रुसेफमाथि लागेको महाभियोग बहुमतले पारित गर्यो । महाभियोग पारित भएसँगै रुसेफ पदबाट बर्खास्त भइन् ।