मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ भदौ १५ आइतबार
  • Monday, 01 September, 2025
२o८२ भदौ १५ आइतबार o९:२४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बागमती प्रदेश सभा बैठक आज बस्दै

Read Time : < 1 मिनेट
नयाँ पत्रिका
२o८२ भदौ १५ आइतबार o९:२४:oo

बागमती प्रदेश सभाको छैटौँ अधिवेशनअन्तर्गत बाह्रौँ बैठक आज बस्दै छ । बागमती प्रदेश सभा सचिवालयका प्रवक्ता मनोज गुप्ताका अनुसार बैठक आज दिउँसो दुई बजे बस्ने गरी आह्वान गरिएको छ ।

आजको बैठकमा प्रदेश मामिला समितिमा विचाराधीन दुई विधेयकको प्रतिवेदन पेस हुने कार्यसूची रहेको छ। प्रदेश सभा सचिवालयका सचिव पूर्णबहादुर दर्जीका अनुसार बैठक प्रदेश सभा नियमावली, २०७४ को नियम ६ बमोजिम आह्वान गरिएको हो ।

बैठकमा प्रदेश मामिला समितिमा विचाराधीन रहेका दुई विधेयकका प्रतिवेदनहरू पेस हुनेछन् । उनका अनुसार उक्त बैठकमा प्रदेश चिट्ठा सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक र प्रदेश चलचित्र सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयकको समितिको प्रतिवेदन पेस हुनेछ ।

बैठकमा विशेष समय र शून्य समयको कार्यसूची रहने प्रदेश सभाका सभामुख भुवनकुमार पाठकले जानकारी दिए।