मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं Invalid date format
  • Tuesday, 19 August, 2025
नयाँ पत्रिका काठमाडौं
Invalid date format १६:३४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

उपसभामुखसँग शेखरको फोन संवाद– दाउपेचको राजनीतिमा म सहभागी छैन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
Invalid date format १६:३४:oo

उपसभामुख इन्दिरा राना र कांग्रेस नेता शेखर कोइरालाबिच टेलिफोन संवाद भएको छ। कांग्रेस र एमालेले सभामुख रानालाई हटाउन सांसदहरूको हस्ताक्षर संकलन गरिरहँदा कोइराला उक्त कदमको विपक्षमा उभिएका हुन्।

संवादमा कोइरालाले दाउपेचको राजनीतिमा आफू सहभागी नहुने जवाफ दिएका छन्। ‘यिनीहरूले पटकपटक यस्तै गर्छन्। म लागिरहेको छु, त्यस्तो केही हुँदैन भन्नुभयो,’ टेलिफोनमा भएको संवादबारे उपसभामुख रानाले भनिन्।

कांग्रेस–एमालेले हस्ताक्षर अभियान चलाएका वेला शेखर कोइरालाले हस्ताक्षर गरेका छैनन्। कोइराला समूहका सांसदहरूले पनि हस्ताक्षर गरेका छैनन्।

यसैबिच उपसभामुख रानासँग कांग्रेस सांसद कान्छाराम तामाङ, डा. सुनील शर्मा, चन्द्र भण्डारीलगायतले पनि टेलिफोन संवाद गरेर चिन्ता नलिन भनेका छन्। कांग्रेस संसदीय दलको रेकर्डअनुसार महामन्त्री गगन थापाले पनि हस्ताक्षर गरिसकेका छैनन्।