Skip This
रविको ‘कट आउट’मा रक्षाबन्धन
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २५ आइतबार
  • Sunday, 10 August, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ श्रावण २५ आइतबार o६:oo:oo
Read Time : < 1 मिनेट
फ्रन्ट पेज प्रिन्ट संस्करण

रविको ‘कट आउट’मा रक्षाबन्धन

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ श्रावण २५ आइतबार o६:oo:oo

सहकारीको रकम अपचलन मुद्दामा रुपन्देही जेलमा रहेका राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेको ‘कट आउट’मा शुभचिन्तक र समर्थकले राखी बाँधिदिएका छन् । जनैपूर्णिमाका अवसरमा शनिबार पार्टी केन्द्रीय कार्यालयमा भेला भएका उनीहरूले लामिछानेको सम्झना गर्दै ‘कट आउट’मा विधिपूर्वक पूजा गर्दै राखी बाँधिदिएका हुन् । राखी बाँध्न ह्विलचेयरमा समेत समर्थकहरू आएका थिए । यस्तै, कार्यक्रम रुपन्देही जेलनजिकैको मन्दिरमा पनि गरिएको थियो ।

काठमाडौंमा पार्टी केन्द्रीय कार्यालय र समर्थकको संयुक्त आयोजनामा डमी तस्बिरमा राखी बाँध्ने कार्यक्रम सम्पन्न गरिएको प्रवक्ता मनीष झाले बताए । उनले जेलमा रहेका अध्यक्ष लामिछानेलाई समर्थकले राखी लगाउन नपाएकोमा दु:ख व्यक्त गर्दै प्रतीकात्मक रूपमा सम्झना गरेको बताए । ‘हामीले राखी बाँध्न पाएनौँ, सबैले तपाईंलाई धेरै मिस गरेका छौँ, सम्झिएका छौँ भन्ने सन्देशसहित समर्थक, शुभचिन्तक र पार्टी नेता–कार्यकर्ताले राखी बाँधिदिनुभयो,’ झाले भने । कार्यक्रममा सांसद लक्ष्मी तिवारी र नेता दीपक बोहरालगायत सहभागी थिए ।

‘जनैपूर्णिमाका कारण सबै नेता–कार्यकर्ता पुग्नुभएन, समर्थकहरूले नै स्वतस्र्फूत आयोजना गर्नुभो, लजिस्टिक प्रबन्ध गर्नुभो, पार्टीले सैद्धान्तिक सहमति दिएर र स्थान उपलब्ध गराइदियो,’ झाले भने, ‘रुपन्देहीमा जेलनजिकैको मन्दिरमा पनि दलका उपनेता विराजभक्त श्रेष्ठको नेतृत्वमा राखी बाँध्ने उस्तै प्रतीकात्मक कार्यक्रम सम्पन्न गरिएको छ ।’ 

लामिछाने समर्थक एक ब्राह्मणले पार्टी कार्यालयको घन्टीघरमा विधिपूर्वक पूजासहित राखी बाँध्ने कार्यक्रम सुरु गरेपछि समर्थकहरूले पालैपालो राखी बाँधिदिएका थिए । त्यसक्रममा सांसदसमेत रहेकी तिवारीसहितका केही समर्थक राखी बाँध्न नपाएकोमा भावुक बनेर रोएका थिए । कतिपयले लामिछाने छिट्टै छुटून् भन्ने कामना पनि गरेका थिए ।