Skip This
कैलाली कारागार झडपमा ज्यान गुमाएकाका परिवारलाई पाँच लाख दिने सुदूरपश्चिम सरकारको निर्णय
मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण २५ आइतबार
  • Sunday, 10 August, 2025
२o८२ श्रावण २५ आइतबार २२:४९:oo
Read Time : > 1 मिनेट
मुख्य समाचार

कैलाली कारागार झडपमा ज्यान गुमाएकाका परिवारलाई पाँच लाख दिने सुदूरपश्चिम सरकारको निर्णय

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
२o८२ श्रावण २५ आइतबार २२:४९:oo

सुदूरपश्चिम प्रदेश सरकारले २३ साउनमा कैलाली कारागारमा कैदी बन्दीबिच भएको झडपमा ज्यान गुमाएका कैदी भरत चौधरीका परिवारलाई पाँच लाख रुपैयाँ आर्थिक सहायता उपलब्ध गराउने भएको छ ।

मुख्यमन्त्री कमलबहादुर शाहको उपस्थितिमा आइतबार बसेको प्रदेश सुरक्षा समितिको बैठक घाइतेहरूको सरकारी खर्चमा उपचार गर्ने व्यवस्था मिलाउने निर्णय पनि गरेको हो । घाइते ४९ जनाको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचार भइरहेको छ ।

त्यस्तै, सृुरक्षा समितिको बैठकले. कारागारभित्र हेलोजन लाइट, सिसि क्यामरा शिघ्र जडान गर्ने र कारागारको छाना लगायत आवश्यक मर्मत सम्भारका कार्य आन्तरिक मामिला तथा कानून मन्त्रालयले तत्काल सुरु गर्ने निर्णय पनि गरेको छ ।

यस्ता छन् थप निर्णय
–प्रदेश सुरक्षा समितिका सदस्यसचिव आमोद दाहालका अनुसार कारागार प्रशासन र आन्तरिक मामिला तथा कानुन मन्त्रालयको समन्वयमा कारागार सुरक्षाका लागि तत्काल आवश्यक पर्ने उपकरण तथा साधनहरु व्यवस्थापन गर्ने,  वर्तमान अवस्थामा कारागारमा देखिएका सुरक्षा व्यवस्थापन सम्बन्धमा देखिएका समस्या समाधानका लागि कारागार ऐनमा आवश्यक सुधारका लागि संघीय सरकारलाई अनुरोध गर्ने ।

–वर्तमान अवस्थामा कारागारमा देखिएका सुरक्षा व्यवस्थापन सम्बन्धमा देखिएका समस्या समाधानका लागि कारागार ऐनमा आवश्यक सुधारका लागि संघीय सरकारलाई अनुरोध गर्ने ।

– कैलाली कारागार भित्र रहेका कैदीबन्दीको संख्या उक्त कारागारको क्षमता भन्दा झण्डै पाँच गुणा बढी देखिएको (क्षमता १७५ जनाको रहेको र हालको मितिमा ६९९ कैदीबन्दी रहेका) र त्यसका कारण उत्पन्न सुरक्षा चुनौतीहरु न्यूनीकरण गर्न कारागारको क्षमता अनुसार कैदीवन्दी व्यवस्थापनको लागि कारागार विभागसँग समन्वय गर्ने।

– कारागारभित्र जाने खाद्यान्न तरकारी तथा अन्य वस्तुको निगरानी र चेकजाँच बढाउन कारागार प्रशासन र सुरक्षाकर्मीहरुलाई प्रमुख जिल्ला अधिकारी मार्फत निर्देशन दिने ।
– कारागार कार्यालय, कैलालीमा रहेका कैदीबन्दीको संख्याभन्दा हालको कारागारको क्षमता निकै कम रहेको कारण सुरक्षा चुनौती उच्च देखिएको सन्दर्भमा कारागारको क्षमता वृद्धि गर्न र सुविधासम्पन्न कारागारको पूर्वाधार तथा खुला कारागारको अवधारणा कार्यान्वयन गर्नका लागि संघीय सरकार समक्ष अनुरोध गर्ने ।

–प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय र कारागार प्रशासनबीच समन्वय गरी कारागार भित्र कैदीबन्दीहरुलाई मनोवैज्ञानिक परामर्श र सकारात्मक सोंच विकास गर्ने खालका कार्यक्रमहरु सघनरुपमा संचालन गर्ने र कैदीबन्दीका लागि पुस्तकालय सुविधा उपलब्ध गराउने ।

–कारागार भित्र जाने खाद्यान्न तरकारी तथा अन्य वस्तुको निगरानी र चेकजाँच बढाउन कारागार प्रशासन र सुरक्षाकर्मीहरुलाई प्रमुख जिल्ला अधिकारी मार्फत निर्देशन दिने ।

–कारागार कार्यालय, कैलालीमा रहेका कैदीबन्दीको संख्याभन्दा हालको कारागारको क्षमता निकै कम रहेको कारण सुरक्षा चुनौती उच्च देखिएको सन्दर्भमा कारागारको क्षमता वृद्धि गर्न र सुविधासम्पन्न कारागारको पूर्वाधार तथा खुला कारागारको अवधारणा कार्यान्वयन गर्नका लागि संघीय सरकार समक्ष अनुरोध गर्ने ।

– प्रदेश सरकार आन्तरिक मामिला तथा कानुन मन्त्रालय र कारागार प्रशासनबीच समन्वय गरी कारागार भित्र कैदीबन्दीहरुलाई मनोवैज्ञानिक परामर्श र सकारात्मक सोंच विकास गर्ने खालका कार्यक्रमहरु सघनरुपमा संचालन गर्ने र कैदीबन्दीका लागि पुस्तकालय सुविधा उपलब्ध गराउने ।

– कारागार सुरक्षार्थ खटिने सुरक्षाकर्मीहरुलाई तीन–तीन महिनामा अदली बदली गर्ने व्यवस्था मिलाउने ।

– कारागार कार्यालय, कैलाली लगायतका प्रदेशभित्रका कारागारहरुमा भोजनगृह, स्नानगृह र शौचालय निर्माण तथा मर्मत कार्यलाई आन्तरिक मामिला तथा कानून मन्त्रालय, सुदूरपश्चिम प्रदेश मार्फत अगाडी बढाउने ।