Skip This
विश्वभरका नेपाली उद्यमी जोड्दै फिने, गण्डकीमा पनि कमिटी विस्तार
मुख्य समाचारफ्रन्ट पेजसमाचारदृष्टिकोणनयाँ यात्रा २०२५अर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश२०औं वार्षिकोत्सव बिशेषांक
  • वि.सं २o८२ श्रावण १८ आइतबार
  • Wednesday, 12 August, 2026
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण १८ आइतबार १८:१८:oo
Read Time : > 1 मिनेट
अर्थ डिजिटल संस्करण

विश्वभरका नेपाली उद्यमी जोड्दै फिने, गण्डकीमा पनि कमिटी विस्तार

Read Time : > 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण १८ आइतबार १८:१८:oo

विश्वका विभिन्न मुलुकमा छरिएर रहेका युवा उद्यमीलाई जोड्ने उद्देश्यले स्थापित अन्तर्राष्ट्रिय नेपाली युवा उद्यमी महासंघ (फिने)ले गण्डकीमा पनि आफ्नो कमिटी विस्तार गरेको छ। पोखराको वरपिपल रिसोर्टमा सम्पन्न भेलाले जितु गुरुङको नेतृत्वमा गण्डकी प्रदेश समिति गठन गरेको हो।

१९ सदस्यीय समितिको वरिष्ठ उपाध्यक्षमा हरि भुजेल, उपाध्यक्षमा शान्ति श्रेष्ठ उदास र सुनील न्यौपाने रहेका छन्। महासचिवमा इन्जिनियर चिरञ्जीवी गौतम चयन भएका छन् भने सचिवमा प्रशुन्न भण्डारी र राजकुमार सुनार छन्। कोषाध्यक्षमा पोसराज पौडेल, सहकोषाध्यक्ष रुद्र रेग्मी तथा प्रवक्ता कृष्णप्रसाद आचार्य चयन भएका छन्।

सदस्यहरूमा अस्मिता लामिछाने, भूपेन्द्रकुमार लामा, रमेशप्रसाद भुर्तेल, हरि लामिछाने, गोपालकृष्ण संग्रौला, धर्मराज पन्थी, थानेश्वर बराल, सन्तोष प्रधान र सुरेन्द्र कुँवर छन्।

भेलाको उद्घाटन गण्डकी प्रदेशका मुख्यमन्त्री सुरेन्द्रराज पाण्डेले गरेका थिए। उनले वैदेशिक अनुभव, सिप र पुँजीलाई मातृभूमिमा लगानी गर्न आह्वान गर्दै आवश्यक परे कानुनी संशोधन गर्न आफू तयार रहेको बताए।

यस्तै, नेपाल उद्योग वाणिज्य महासंघका अध्यक्ष चन्द्रप्रसाद ढकालले युवा उद्यमीहरूलाई जोड्ने फिनेको अभियानमा निजी क्षेत्रले आवश्यक साथ सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरे। उद्योग विभागका महानिर्देशक राजेश्वर ज्ञवालीले नेपालमा प्रशस्त अवसर भएको बताउँदै विदेशको सिप नेपालमा लगानी गर्न आह्वान गरे। उनले स्टार्टअप क्षेत्रमा लगानी गर्न पनि आग्रह गरे।

उपाध्यक्ष समिम अन्बरले फिनेले व्यावसायिक सहकार्य, ज्ञान हस्तान्तरण, प्रदर्शनी र बजारीकरणमा काम गर्ने बताए। आइइसी वरिष्ठ उपाध्यक्ष गोकर्णप्रसाद ढकालले स्वागत मन्तव्य राख्दै फिनेको स्थापनाको औचित्यबारे प्रस्ट पारेका थिए। आइइसी महासचिव दिपेन घलेले नेपाली उद्यमीहरूबिच सहकार्य, मार्गदर्शन र अवसरहरूको सञ्जाल निर्माण गर्दै विश्व बजारमा छरिएर रहेका नेपाली उद्यमीहरूलाई सशक्त बनाउँदै जाने लक्ष्य लिएको सुनाए।

बागमती र गण्डकीपछि क्रमशः अन्य सबै प्रदेशमा पनि संगठन विस्तार गर्ने लक्ष्य लिएको फिने नेपाल संयोजक रामशरण थापाले बताए।

कार्यक्रममा फिने अमेरिकाका अध्यक्ष सबिन्द्र थापा, फिने हङकङका अध्यक्ष इन्दर पुन र फिने बागमतीका अध्यक्ष कृष्ण खतिवडाबिच प्यानल डिस्कसन भएको थियो। उद्यमीहरूबिच भएको सिप र उत्पादनलाई अन्तरप्रदेशदेखि अन्तर्राष्ट्रिय बजारसम्म पुर्‍याउने गरी सहकार्य गर्न आवश्यक रहेको मत उनीहरूको थियो।