मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १५ बिहीबार
  • Friday, 01 August, 2025
नयाँ पत्रिका काठमाडौँ
२o८२ श्रावण १५ बिहीबार १३:१४:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

बालुवाटारमा ओली–देउवासहित शीर्ष नेताहरूबिच भेटवार्ता जारी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौँ
नयाँ पत्रिका
२o८२ श्रावण १५ बिहीबार १३:१४:oo

नेकपा एमालेका अध्यक्ष तथा प्रधानमन्त्री केपी ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूबिच बालुवाटारमा भेटवार्ता भइरहेको छ।

बालुवाटारस्थित प्रशासन विशेष स्रोतका अनुसार अहिले केहीबेरअघि सुरु भएको उक्त भेटवार्ता मन्त्रिपरिषद् पुनर्गठनमा केन्द्रित रहेको छ। प्रधानमन्त्री ओली मन्त्रिपरिषद् हेरफेर गर्न चाहिरहेका छन् भने देउवामाथि पनि पछिल्लो समय आन्तरिक र बाह्य दुवै दबाब परेको स्रोतको भनाइ छ। सम्भवतः आजको छलफलले यस सम्बन्धमा निष्कर्ष निकाल्ने अपेक्षा गरिएको छ।

सरकार गठन भएको एक वर्ष पुगिसकेको सन्दर्भमा अधिकांश मन्त्रीहरूले प्रधानमन्त्रीको कार्यगत धारणा र गतिअनुसार अगाडि बढ्न नसकेको भन्दै सत्तारूढ दलभित्रैदेखि बाहिरसम्म आलोचना बढ्दै गएको छ।