मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ श्रावण १६ शुक्रबार
  • Friday, 01 August, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ श्रावण १६ शुक्रबार o८:२o:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

माओवादी स्थायी समिति बैठक आज

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ श्रावण १६ शुक्रबार o८:२o:oo

प्रमुख प्रतिपक्ष दल माओवादीको स्थायी समिति बैठक शुक्रबार बस्दै छ । संगठन निर्माण, कार्यविभाजन, आन्तरिक एकता सुदृढीकरणलगायत एजेन्डामाथि बैठकमा छलफल हुने उपाध्यक्ष एवं प्रवक्ता अग्नि सापकोटाले जानकारी दिए ।

बैठकको सुरुमै अध्यक्ष पुष्पकलम दाहाल प्रचण्डले वर्तमान परिस्थितिबारे ब्रिफिङ गर्नेछन् । त्यसपछि मध्यपहाडी अभियानलाई निरन्तरता दिने र केन्द्रीय समिति बैठकको मिति तय गर्नेलगायत एजेन्डामाथि छलफल हुनेछ ।

समाजवादी मोर्चालाई सक्रिय बनाउने र विस्तार गर्ने विषयमा पनि छलफल हुनेछ । अन्तर्संघर्षको विषयले पनि बैठकमा स्थान पाउनेछ । अध्यक्ष प्रचण्ड र उपमहासचिव जनार्दन शर्माबिचको अन्तर्संघर्ष सार्वजनिक रूपमै देखिएको छ । अन्तर्संघर्ष र सुदृढ एकताबारे बैठकमा छलफल हुने एक नेताले बताए ।