मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार २५ बुधबार
  • Wednesday, 09 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार २५ बुधबार १३:४३:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

रसुवागढी नाकामा दुवैतर्फबाट टुट्यो सम्पर्क 

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार २५ बुधबार १३:४३:oo

नेपाल–चीनको सिमानाको ल्हेन्दे खोलामा मंगलबार बिहान आएको बाढीले नेपाल–चीन जोड्ने मितेरी खोलाको पुल बगाउनुका साथै रसुवागढी नाकामा नेपालबाट जाने बाटो पनि नदीले बगाउँदा दुवैतर्फबाट सम्पर्क टुटेको छ । नेपाली कांग्रेसका नेता एवं सांसद मोहन आचार्य रातभर बाढी प्रभावित क्षेत्र रसुवामा खटिएर त्यहाँको वस्तुस्थितिबारे जानकारी लिएका छन् । मंगलबार दिउँसो प्रधानमन्त्री, अर्थमन्त्री, गृहमन्त्री र ऊर्जामन्त्रीसँगै हेलिकाेप्टरमा रसुवागढी नाका पुगेका उनले त्यहाँको क्षतिबारे जानकारी लिएका हुन् ।

प्रधानमन्त्री केपी ओेलीले खोज तथा उद्धारको कामलाई प्रभावकारी बनाउन निर्देशन दिएका थिए । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री दीपक खड्काले ऊर्जा मन्त्रालयअन्तर्गत विद्युत् संरचना तथा जलविद्युत् आयोजना मर्मत, पुनर्स्थापना र सम्भावित थप जोखिम न्यूनीकरणका लागि आवश्यक तयारी तत्परताका साथ अगाडि बढाइने बताएका थिए । रसुवाबाट प्रतिनिधिसभाको सांसदमा निर्वाचित भएका आचार्य गएराति रसुवागढी नाकामा वास बसी प्रमुख जिल्ला अधिकारी र प्रहरी प्रमुखसँग घटनाका विषयमा जानकारी लिँदै आगामी योजनाबारे छलफल गरेका थिए ।

बाढीपहिरोका कारण हाल गोसाइँकुण्ड गाउँपालिका– २ मा पर्ने रसुवागढी, टिमुरे, घट्टेखोला क्षेत्रमा विद्युत् अवरुद्ध हुनुका साथै टेलिफोन सेवाले समेत काम नगरेको सांसद आचार्यले बताए । उनका अनुसार बाढीले नेपाल–चीन जोड्ने मितेरी पुल, रसुवागढी जलविद्युत् आयोजनाको बाँध, इन्टेक, ट्रान्सपोर्ट र भन्सारमा ल्याएर राखिएका गाडी बगाएका छन् । यस्तै, उक्त बाढीमा परेर नौजनाको मृत्यु हुनुका साथै १९ जना बेपत्ता भएका छन् । बाढीले रसुवागढी नाकाबाट स्याफ्रुबेंसीसम्मको बाटोमा क्षति पुर्‍याएको छ भने सो स्थानमा आवतजावतसमेत बन्द भएको सांसद आचार्यले जानकारी दिए । नयाँ बाटो निर्माण गर्न नसकेसम्म आवतजावतमा समस्या हुने उनको भनाइ छ ।