
युक्रेनमा चालू वर्षको पहिलो ६ महिनामा विद्युतीय सवारीसाधनको बिक्रीमा ३० प्रतिशतको वृद्धि भएको छ । युक्रेनी सवारीसाधन उत्पादक संघ उक्राभटोप्रोमद्वारा प्रकाशित प्रतिवेदनअनुसार उक्त अवधिमा देशभर ३१ हजार ७५३ वटा विद्युतीय सवारीसाधन दर्ता भएका छन् ।
जम्मा ३० हजार ७६३ वटा यात्रु सवारी, ९७८ वटा मालवाहक सवारी र तीनवटा ठुलो बस दर्ता भएका छन् ।
उक्त अवधिमा सबैभन्दा बढी बिक्री भएको नयाँ विद्युतीय सवारी मोडेल बिवाइडी सोङ प्लस रह्यो । त्यसपछि क्रमशः फक्सवागन आइडी युनिक, होंडा इएनएस-१, जिकर-७ एक्स र जिकर-००१ लोकप्रिय सवारी रूपमा रहेका छन् ।
यसअघि सन् २०२४ मा युक्रेनमा विद्युतीय सवारीसाधनको कुल बिक्री ५१ हजार सात सयभन्दा बढी पुगेको थियो, जुन अघिल्लो वर्षको तुलनामा ३८ प्रतिशतले वृद्धि भएको हो ।