मुख्य समाचारफ्रन्ट पेजसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेश
  • वि.सं २o८२ असार २५ बुधबार
  • Wednesday, 09 July, 2025
नयाँ पत्रिका काठमाडाैं
२o८२ असार २५ बुधबार १o:१६:oo
Read Time : < 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

बिमा प्राधिकरणको नीति कार्यक्रम : सरकारी स्कुलका विद्यार्थीको बिमा गरिने

वार्षिक नीतिले बिमा क्षेत्रलाई डोर्‍याउन र स्वनियमनमा राख्न मद्दत मिल्ने व्यवसायीको विश्वास

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
२o८२ असार २५ बुधबार १o:१६:oo

बिमा प्राधिकरणले सरकारी स्कुलका विद्यार्थीलाई बिमाको दायरामा ल्याउने गरी आगामी आर्थिक बर्ष ०८२/८३ को ‘नीति तथा कार्यक्रम’ सार्वजनिक गरेको छ । । विशेषगरी स्थानीय तहसँगको सहकार्यमा विद्यार्थीहरूको दुर्घटना बिमा गर्ने योजना प्राधिकरणको छ । 

प्राधिकरणका अध्यक्ष शरद ओझाले प्रचलित कानुन, राष्ट्रिय बीमा नीति, नियमावली, प्राधिकरणको पञ्चवर्षीय रणनीतिक योजना, विगतका कार्यक्रम तथा अन्तर्राष्ट्रिय असल अभ्यासलाई आधार बनाएर वार्षिक नीति बनाएको बताए । 

‘बिमा प्रणाली तथा बिमा व्यवसायलाई व्यवस्थित, नियमित, प्रतिस्पर्धी तथा विश्वसनीय बनाई त्यसको विकास गर्न, बिमा व्यवसायको स्वस्थ प्रतिस्पर्धाबाट सर्वसाधारणलाई गुणस्तरीय तथा भरपर्दो बिमा सेवा उपलब्ध गराउने लक्ष्य राखिएको छ,’ उनले भने, ‘आजको डिजिटल युगमा प्रविधिको प्रयोग अत्यावश्यक भईसकेको छ । मोबाइल एप, टेलिम्याटिक्स, इन्स्योरटेक, सुपटेकलगायतका डिजिटल प्रणालीको प्रयोग गरी प्रविधिमैत्री बिमा सेवा प्रदान गर्न अपरिहार्य भएको छ ।’ उनले बिमकको लगानीलाई सुरक्षित र प्रभावकारी बनाउँदै बिमकहरूको वित्तीय स्थायित्व, जोखिम व्यवस्थापन तथा बिमित हित संरक्षण गर्न प्राधिकरण सक्रिय रहेको पनि बताए । नेपाल जीवन बिमक संघका पोषक पौडेलले वार्षिक बिमा नीति महत्वपूर्ण हुने गरेको बताए ।

‘प्राधिकरणले जारी गरेको नीतिले बिमा क्षेत्रलाई कसरी अघि बढाउने भन्ने विषयमा मार्गदर्शन दिन्छ । प्राधिकरणलाई पनि स्वनियमनमा बस्न सजिलो हुन्छ ।’ उनले भने । नेपाल बिमक संघका निवर्तमान अध्यक्ष चंकी क्षेत्रले योजनाबद्ध रूपमा काम गर्नका लागि वार्षिक नीतिले सहयोग पुग्ने बताए । ‘नीतिमै आएपछि आगामी दिनमा त्यसको फलोअप पनि हुन्छ, त्यसले गर्दा राम्रो काम गर्न सकिन्छ,’ उनले भने ।