१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 08 July, 2025
Invalid date format १o:१७:oo
Read Time : > 1 मिनेट
अर्थ प्रिन्ट संस्करण

असिनाले १६ करोडबराबरको स्याउका बिरुवा नष्ट

Read Time : > 1 मिनेट
नयाँ पत्रिका
Invalid date format १o:१७:oo

गुठीचौर गाउँपालिका– ३ दामदासेका ६४ वर्षीय निर्बु लामा बुढेसकालमा रित्तो स्याउको बगैँचा कुरेर बसेका छन् । गत १८ जेठमा आएको असिनापानीले उनको स्याउ बगैँचा सखाप पारेपछि उनी निराश भएका छन् । उनले गत वर्ष बगैँचाबाटै ७० रुपैया प्रतिकेजीका दरले पाँच सय ५५ कार्टुन स्याउ बेचेर चार लाख आम्दानी गरेका थिए । बगैँचामै आएर भाटभटेनीका साहुले स्याउ खरिद गरेका थिए । यस्तै, स्याउको रक्सी ब्रान्डी, साइटर, चाना जामजेलीबाट करिब आठ लाख गरी स्याउबाटै १२ लाख आम्दानी गरेका थिए । तर, यस वर्ष उनको बगैँचामा ६० कार्टुन स्याउ पनि उत्पादन हुने देखिएको छैन ।

चन्दननाथ नगरपालिका–२ खोलीकोटका ७९ वर्षीय वृद्ध रामकृष्ण बुढ्थापाको रडिखेल्लामा (तपोवन)मा स्याउ बगैँचा छ । फुजी स्याउ खेती गर्ने उनको बगँचामा स्थानीय जातका एक सयभन्दा बढी बिरुवा छन् । उनले भने, ‘गत वर्ष एक सय बिरुवाको स्याउबाट एक लाख आम्दानी भएको थियो । स्याउ व्यापारी बगँैचामै पुगेर प्रतिकेजी ५० रुपैयाँमा खरिद गरी लिए । तर, यस वर्ष बिक्री गर्नु त कहाँ हो कहाँ ? आफैँलाई नौली खानसमेत मुस्किल होलाजस्तो छ । वैशाख–जेठको असिनापानीले सबै स्याउका चिचिला नष्ट पारिदियो ।’

चन्दननाथ नगरपालिका– ४ मालाभिड गाउँका गोविन्द भामले गत वर्ष बगैँचामै पाँच सय ९० कार्टुन स्याउ बेचेर पाँच लाख ३५ हजार बुझेका थिए । धनगढीका स्याउ व्यापारी (साहु)ले बगैँचामै पुगेर प्रतिकेजी ७० रुपैयाँमा खरिद गरेका थिए । तर, यस वर्ष उनको बगैँचामा स्याउ छैन । १७ वैशाख र ७–८ जेठको असिनाले जुम्लाको ८ पालिकाको बगैँचामा क्षति पु¥याएको कृषि विकास कार्यालय जुम्लाले जनाएको छ । कार्यालयका अनुसार जिल्लाका सात हजार एक सय ९२ जना किसानको पाँच लाख आठ हजार चार सय २६ वटा स्याउका बिरुवा असिनाले नष्ट भएका छन् । त्यसमध्ये यसै वर्ष स्याउ फल्ने एक लाख ७५ हजार दुई सय पाँच बिरुवामा क्षति भएको कृषि विकास कार्यालय जुम्लाका प्रमुख रामभक्त अधिकारीले बताए ।

जुम्लाको कुल चार हजार दुई सय ५० हेक्टर क्षेत्रफलमा स्याउ खेती भइरहेको छ । तर, असिनाले २९ हजार २१ रोपनी क्षेत्रफलको स्याउ खेती पूर्ण रूपमा नष्ट भएको तथ्यांकमा उल्लेख छ । बिरुवा नष्ट हुँदा झन्डै १६ करोड ६९ लाख १८ हजार सात सय ९९ रुपैयाँबराबरको क्षति पुगेको कार्यालय प्रमुख अधिकारीले बताए ।

स्याउमा ठुलो क्षति भएकै वर्ष शिखर इन्स्योरेन्सले बिमा गर्न ढिलाइ गरेपछि किसान मर्कामा परेका छन् । गत सालकै असिना र खडेरी बिमा नपाएको भन्दै स्याउ किसान आन्दोलित छन् । बिमा कम्पनीले सरकारबाट पाउनुपर्ने ८० प्रतिशत अनुदानबापतको ३२ करोड निकासा नआउँदा भुक्तानी गर्न नसकिएको बताएको छ । ३२ करोड भुक्तानी नआउँदासम्म भुक्तानी र नयाँ स्याउ बिमा गर्न नसकिने कम्पनीले जनाएको छ । सरकारले राहत नदिने, बिमा कम्पन्नीले तत्काल बिमा नगर्ने असिनाले लाखौँ बिरुवा क्षति गरिरहेको अवस्थामा जुम्लाका किसान दोहोरो मारमा परेका छन् ।

असिनाले जुम्लाका आठ स्थानीय तहमध्ये सबैभन्दा बढी क्षति चन्दननाथ नगरपालिकामा गरेको छ । कृषि विकास कार्यालयका अनुसार चन्दननाथ नगरपालिकामा तीन करोड ८९ लाख बराबरको क्षति भएको छ ।

त्यस्तै, तातोपानी गाउँपालिकामा तीन करोड ७३ लाख, तिला गाउँपालिकामा एक करोड ६९ लाख, हिमा गाउँपालिकामा एक करोड ७७ लाख, सिँजा गाउँपालिकामा १४ लाख १७ हजार, कनकासुन्दरी गाउँपालिमा दुई करोड ५९ लाख र  पातारासी गाउँपालिकामा एक करोड ८४ लाखबराबरको क्षति भएको अनुमान छ ।