१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Tuesday, 08 July, 2025
नयाँ पत्रिका काठमाडाैं
Invalid date format o९:o६:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार प्रिन्ट संस्करण

सम्मानजनक बिदाइको आग्रहमा देउवाको जवाफ– कसैले भनेर गर्ने होइन, के गर्छु मेरो कुरा हो

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडाैं
नयाँ पत्रिका
Invalid date format o९:o६:oo

नेपाली कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा १६ असारदेखि २३ असारको केन्द्रीय कार्यसमिति बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले सभापति शेरबहादुर देउवालाई छैटौँपटक प्रधानमन्त्री नबन्न सुझाव दिए। उनले मुलुक र पार्टीको हितमा हुने गरी सम्मानजनक बिदाइ हुन आग्रह गरेका थिए।

‘मेरो आग्रह छ– अवकाशसहित सभापतिले अभिभावकीय भूमिका निर्वाह गर्नुस् । तेस्रोपटक सभापति बन्न पार्टी विधानले दिँदैन । अब ०८३ असारमा आफू छैटौँपटक प्रधानमन्त्री बन्नतिर नलागेर अरू साथीलाई बन्न मार्गप्रशस्त गरेर प्रशंसा जित्नुपर्छ सभापतिले । सम्मानजनक बहिर्गमनको बाटो रोज्नुभएमा नेपालको राजनीतिमा अत्यन्तै सकारात्मक प्रभाव छोड्नेछ,’ शर्माको सुझाव थियो । 

तर, देउवाले सभापतिका रूपमा चारवर्षे नियमित कार्यकाल भएको, पार्टीको विधानले एक वर्ष कार्यकाल थप गर्न पाउने र संविधानअनुसार अझ ६ महिना थप्न पाउने व्यवस्था महामन्त्री शर्मालाई स्मरण गराए । उनले आफू अप्ठ्यारो मानिस भएको भन्दै कसैले भनेर नगर्ने पनि स्पष्ट पारे । ‘म के गर्छु यो मेरो कुरा हो । मैले कसैले भनेर गर्ने होइन । म अप्ठ्यारो मानिस हुँ नि, विचार गर्नुस्,’ शर्मालाई देउवाको जवाफ थियो।