१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं २o८२ असार २३ सोमबार
  • Monday, 07 July, 2025
नयाँ पत्रिका काठमाडौं
२o८२ असार २३ सोमबार १६:३८:oo
Read Time : < 1 मिनेट
समाचार डिजिटल संस्करण

वैदेशिक रोजगारीका नाममा ४५ जनाबाट एक करोड ८० लाख ठगी

Read Time : < 1 मिनेट
नयाँ पत्रिका, काठमाडौं
नयाँ पत्रिका
२o८२ असार २३ सोमबार १६:३८:oo

वैदेशिक रोजगारीमा आकर्षक तलबको प्रलोभनमा पारी विभिन्न देश पठाइदिन्छु भन्दै रकम ठगी गरेको अभियोगमा एकजनालाई प्रहरीले पक्राउ गरेको छ।

पक्राउ पर्नेमा काठमाडौं महानगरपालिका– ६ बस्ने रामेछाप उमाकुण्ड गाउँपालिका– ६ घर भएका ३२ वर्षीय रोहन भन्ने फिन्चु लामा रहेका छन्। लामाले लिथुआनिया, रोमानियालगायतका देशहरू पठाइदिन्छु भन्दै ४५ जनाबाट एक करोड ८० लाख ९३ हजार रुपैयाँ लिई सम्पर्कविहीन भएको उजुरी परेको थियो।

उजुरीको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुबाट खटिएको प्रहरीले लामालाई काठमाडौं– १० बाट शुक्रबार पक्राउ गरेको हो। उनलाई आवश्यक अनुसन्धान तथा कारबाहीको लागि वैदेशिक रोजगार विभाग ताहाचल पठाइएको छ।