१८औँ वार्षिकोत्सव विशेषांकफ्रन्ट पेजमुख्य समाचारसमाचारनयाँ यात्रा २०२५दृष्टिकोणअर्थअन्तर्वार्ताखेलकुदविश्वफिचरप्रदेशपालिका अपडेट
  • वि.सं Invalid date format
  • Sunday, 06 July, 2025
गणेश लम्साल विराटनगर
Invalid date format o८:४९:oo
Read Time : < 1 मिनेट
मुख्य समाचार डिजिटल संस्करण

भोजपुरमा ज्वाइँले गरे सासू, ससुरा, श्रीमती र सालाेको सामूहिक हत्या  

Read Time : < 1 मिनेट
गणेश लम्साल, विराटनगर
नयाँ पत्रिका
Invalid date format o८:४९:oo

भोजपुरको रामप्रसाद राई गाउँपालिकामा ज्वाइँले सासू, ससुरा, श्रीमती र सालोको सामूहिक हत्या गरेका छन्  । २७ वर्षीय ज्वाइँ राजेन्द्र राईले श्रीमतीसहित ससुराली परिवारका चारजनाकाे हत्या गरेका हुन् ।

इलाका प्रहरी कार्यालय घोडेटारका अनुसार गएराति रामप्रसाद राई गाउँपालिका- २, धोदेलीखानीमा घरमूली ६८ वर्षीय बेलबहादुर गिरीसहित उनकी श्रीमती ४५ वर्षीया मन्जु गिरी, छोरी १६ वर्षीया मनीषा गिरी र छोरा नाै वर्षीय सपन गिरीको धारिलो हतियार प्रहारबाट हत्या भएको छ ।

प्रहरीका अनुसार घाइते भएका ज्वाइँ राजेन्द्रले आफूले नै सासू, ससुरा, श्रीमती र बालक सालाको हत्या गरेको प्रहरीलाई बयान दिइसकेको भोजपुर प्रहरीका निमित्त प्रमुख इन्स्पेक्टर दीपककुमार श्रेष्ठले जानकारी दिए ।

उनका अनुसार आपसी विवादमा सासूले चक्कु प्रहार गरेपछि आक्रोशित भएका ज्वाइँ राजेन्द्रले एकै परिवारका चारजनाको हत्या गरेको स्विकारेका छन् । ज्वाइँ राजेन्द्र राई पनि गम्भीर घाइते भएका छन् । उनको भोजपुर जिल्ला अस्पतालमा उपचार भइरहेको छ ।

प्रहरीका अनुसार मृतक १६ वर्षीया मनीषा र राजेन्द्रले भागेर विवाह गरेका थिए । घटनाबारे थप अनुसन्धान भइरहेको भोजपुर प्रहरीले जनाएको छ । घटनास्थल इलाका प्रहरी कार्यालय रहेको घोडेटारदेखि करिब ४० किलोमिटर टाढा पर्छ ।